भारतमा कोरोना भाइरसबाट एकै दिनमा ४५९ जनाको मृत्यु
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ४५९ जनाको मृत्यु भएको छ । एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु हुनु यसवर्ष शुरु भएयताको नै सब भन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
बुधबार कोरोनाबाट ४५९ जनाको मृत्यु भएपछि यहाँ यस प्रकोपको कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ६२ हजार ९२७ जना पुगेको उक्त मन्त्रालयले जनाएको छ । गत जनवरीमा कोरोना संक्रमितको दैनिक संख्या १० हजार भन्दा कम भएको थियो । जनवरी २५ र २६ का दिनमा भारतमा २४ घण्टामा कोरोना भाइरस संक्रमित संख्या करिब ९ हजार १०० भएको थियो । कोरोना संक्रमितको उक्त संख्या यसअघिका २३७ दिनहरुका सब भन्दा कम थियो ।
हालका केही दिनयता भारतमा कोरोना संक्रमित र संक्रमणबाट मृत्यु हुने व्यक्तिको सख्या बढ्न थालेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गत २४ घण्टामा ७२ हजार भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड २२ लाख २१ हजार भन्दा बढी पुगेको छ ।
कूल सङ्क्रमितमध्ये पाँच लाख ८४ हजार ५६६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ७४ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ४६ लाख हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधबार एकै दिनमा दश लाख भन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ