शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा अदृश्य भएको ‘यूके भेरिएन्ट’

बिहीबार, १९ चैत २०७७, १२ : ३५
बिहीबार, १९ चैत २०७७

माघ ५ गते स्वस्थ मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै नेपालमा ‘यूके भेरिएन्ट’ देखिएको जानकारी दिएको थियो  ।  यूकेबाट आएकाहरूमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भए पनि (अरू जिनहरू देखिए पनि) ‘एस जिन’ नदेखिएपछि थप परीक्षणका लागि विदेश पठाउँदा ‘यूके भेरिएन्ट’ निदान भएको थियो । झन्डै तीन महिना पुग्न लाग्दा नेपालमा थप ‘युके भेरिएन्ट’ देखिएको सार्वजनिक भएको छैन । ‘यूके भेरिएन्ट’ अघिल्लो कोरोना भाइरसभन्दा तीव्र गतिमा फैलन सक्ने र घातक प्रमाणित भइसकेको छ  ।  तसर्थ ‘यूके भेरिएन्ट’ फैलँदै तर अदृश्य भइरहेको हो भने त्यो चिन्ताको विषय हो । 

बेलायती वैज्ञानिकहरूको अनुसन्धानले ‘यूके भेरिएन्ट’ औसतमा अघिल्लो कोरोना भाइरसभन्दा ७० प्रतिशत बढी तीव्र गतिमा फैलने सक्ने तथा ६४ प्रतिशत मृत्यु दर हुने (ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित) देखाएको छ । तर यी प्रतिशतहरू देशअनुसार केही फरक भने देखिएको छ । भारतमा हाल सङ्क्रमितको सङ्ख्या बढेको भए पनि झन्डै ८० प्रतिशत जतिमा लक्षण नदेखिएको भनिएको छ ।

हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा तीव्रता आइरहेको छ । लकडाउन, आवतजावतमा कडाइले गर्दा रोजगारीको सिलसिलामा पुगेका नेपालीहरू फर्कने क्रम सुरु भइसकेको देखिन्छ ।  गत वर्ष पनि यसरी नै हजारौँ व्यक्ति फर्कंदा सीमामा त्यहाँका स्थानीयवासीले निवाध स्वस्थ परीक्षणबिना नेपाल–भारत आवतजावत गर्दा  कोरोना सहज रूपमा भित्रिएको इतिहास छ । तसर्थ अहिले पनि सोही इतिहास दोहोरिँदा कोरोनाको जोखिम बढेको देखिन्छ ।  कोरोना भित्रिने तरिका पहिलेको जस्तो हुनसक्ने भए पनि कोरोनाको स्वरूपमा भने भिन्न हुनसक्नेछ । बीबीसीकाअनुसार भारतमा सङ्कलन गरिएका १०,७८७ नमुनाहरूको जिन सिक्वेन्सिङ गर्दा ७७१ सङ्क्रमितमा आयातित यूके, दक्षिण अफ्रिकी वा ब्राजिलियन भेरिएन्टका कोरोनाभाइरसहरू देखिएका थिए । जसमा ९५ प्रतिशत त यूके भेरिएन्टका मात्र थिए ।  युरोप तथा अमेरिकामा पनि यही भेरिएन्टले अघिल्लो कोरोना भाइरसलाई तीव्र गतिमा प्रतिस्थापन गर्दै गैरहेको छ । भारत, अमेरिका र युरोपको उदाहरणलाई हेर्दा नेपालमा पनि ‘यूके भेरिएन्ट’को कोरोना भाइरस देखा परिसकेको अवस्थामा नेपालमा पनि आगामी दिनहरूमा अघिल्लो कोरोनाभाइरसलाई प्रतिस्थापन गर्दै नजाला भन्न सकिँदैन  । यद्यपि भारतबाट कोरोना भित्रन सुरु भए दक्षिण अफ्रिकी तथा ब्राजिलियन भेरिएन्टका कोरोना भाइरसहरू पनि नेपालमा पनि देखिए यो पङ्क्तिकार अचम्मित हुने भने छैन ।

बेलायती वैज्ञानिकहरूको अनुसन्धानले ‘यूके भेरिएन्ट’ औसतमा अघिल्लो कोरोना भाइरसभन्दा ७० प्रतिशत बढी तीव्र गतिमा फैलने सक्ने तथा ६४ प्रतिशत मृत्यु दर हुने (ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित) देखाएको छ । तर यी प्रतिशतहरू देशअनुसार केही फरक भने देखिएको छ । भारतमा हाल सङ्क्रमितको सङ्ख्या बढेको भए पनि झन्डै ८० प्रतिशत जतिमा लक्षण नदेखिएको भनिएको छ । लक्षणविहीन सङ्क्रमितहरू नेपालमा पनि पहिलो लकडाउन खुल्नुअगाडिसम्म देखिएको थियो । नेपाल र भारतमा पनि यूकेमा देखिए जस्तो ‘यूके भेरिएन्ट’ तीव्र गतिमा फैलन्छ तथा मृत्युदर बढ्छ र बढ्दैन भनेर यकिन गर्न केही समय हेर्नुपर्ने हुन्छ । किनभने भारतमा अघिल्लो कोरोना भाइरसको भेरिएन्टलाई प्रतिस्थापन गर्ने क्रम अहिले पनि जारी छ भने नेपालमा जिन सिक्वेन्सिङ नगर्दा यसको अवस्था अज्ञात नै देखिन्छ ।

‘एस जिन’ सहितको पीसीआर परीक्षण गर्दा सो जिनबाहेक अरू जिन मात्र देखिए ‘यूके भेरिएन्ट’को शङ्का गरिन्छ । माघ ५ को जारी विज्ञप्तीमा पनि अरू जिनबाहेक ‘एस जिन टार्गेट नेगेटिभ’ देखिएपछि शङ्का लागि जिन सिक्वेन्सिङ गर्दा ‘यूके भेरिएन्ट’ निदान भएको थियो । नेपालमा कतिपय प्रयोगशालामा अरू जिनसँगै ‘एस जिन’ पत्ता लगाउने भने गरेको देखिँदैन । यसले नेपालमा कति ‘एस जिन टार्गेट नेगेटिभ’ देखिएको छ भनेर यकिन तथ्याङ्क आउँदैन र फलस्वरूप ‘यूके भेरिएन्ट’ कति सङ्ख्यामा कहाँरकहासम्म फैलिरहेको छ भनेर पत्ता लगाउन सहज हुने छैन ।

बेलायतमा ‘यूके भेरिएन्ट’ले वयष्कलाई मात्र होइन बालबालिकालाई पनि अघिल्लो कोरोना भाइरसको भेरिएन्टभन्दा बढी  बिरामी बनाएर अस्पताल भर्ना गराएको देखिन्छ । तर ‘द ल्यान्सेट चाइल्ड एन्ड अडोलेन्स हेल्थ’ जर्नलमा प्रकाशित अनुसन्धानको नतिजाले ‘यूके भेरिएन्ट’ले बालबालिकालाई सङ्क्रमण गर्दा अघिल्लो कोरोनाको भेरिएन्टभन्दा बढी कडा वा जटिल अवस्था सिर्जना नगराएको निष्कर्ष निकालेको थियो । पछिल्लो समय नेपालमा पनि कोरोना सङ्क्रमित बालबालिकामा ‘मल्टी–सिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम इन चिलड्रेन’ नामक नयाँ स्वस्थ समस्या देखिन सुरु भएको सार्वजनिक भएको छ । यो अवस्था सिर्जना हुनुमा नेपालमा देखिँदै आइरहेको कोरोना भाइरसको भेरिएन्टमा नै परिवर्तन भएकाले त होइन भन्ने यो पङ्क्तिकारको अनुमान छ । यद्यपि जिन सिक्वेन्सिङ नगरी यकिन गर्न सकिँदैन । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सका अनुसार ‘मल्टी–सिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम इन चिलड्रेन’ भन्नाले २१ वर्षभन्दा मुनिकामा कोरोना सङ्क्रमणको कारणले २४ घण्टाभन्दा बढी ज्वरो आउनु, प्रयोगशाला परीक्षणमा सुजन हुँदाको चिन्ह देखिनु, अस्पताल भर्ना गर्नुपर्ने अवस्था सिर्जना हुनु, शरीरका दुईभन्दा बढी अङ्गहरूमा (मस्तिष्क, मुटु, फोक्सो, मिर्गौला आन्द्रा, आँखा आदि) काम गर्ने क्षमतामा ह्रस देखिनु तथा यी समस्याका अरू उपयुक्त कारणहरू नदेख्नुलाई भनिएको छ ।

अनुसन्धानले यूके भेरिएन्टविरुद्ध हाल नेपालमा प्रयोग भइरहेको कोभिसिल्ड भ्याक्सिन प्रभावकारी भएको देखाएको छ । यो हाम्रो लागि शुभ समाचार हो ।  तर समुदायमा ठूलो सङ्ख्याले भ्याक्सिन अझै कहिले लगाउन पाउने भन्ने निश्चित भइसकेको छैन । भ्याक्सिन लगाउनुअगाडि नै नेपालमा कोरोनाको दोस्रो लहरको सुरु भए र त्यसमा ‘यूके भेरिएन्ट’ प्रमुख कारक भए अनुसन्धानले भनेझैँ तीव्र गतिमा फैलिएर धेरैभन्दा धेरैलाई सङ्क्रमित गर्ने र मृत्यु दर पनि बढ्न सक्ने हुन्छ, जुन चिन्ताको विषय हो ।

‘एस जिन’ सहितको पीसीआर परीक्षण गर्दा सो जिनबाहेक अरू जिन मात्र देखिए ‘यूके भेरिएन्ट’को शङ्का गरिन्छ । माघ ५ को जारी विज्ञप्तीमा पनि अरू जिनबाहेक ‘एस जिन टार्गेट नेगेटिभ’ देखिएपछि शङ्का लागि जिन सिक्वेन्सिङ गर्दा ‘यूके भेरिएन्ट’ निदान भएको थियो । नेपालमा कतिपय प्रयोगशालामा अरू जिनसँगै ‘एस जिन’ पत्ता लगाउने भने गरेको देखिँदैन । यसले नेपालमा कति ‘एस जिन टार्गेट नेगेटिभ’ देखिएको छ भनेर यकिन तथ्याङ्क आउँदैन र फलस्वरूप ‘यूके भेरिएन्ट’ कति सङ्ख्यामा कहाँरकहासम्म फैलिरहेको छ भनेर पत्ता लगाउन सहज हुने छैन । यद्यपि नेपालमा ‘एस जिन टार्गेट नेगेटिभ’ भित्रिएको महिनौँ भएकाले ‘यूके भेरिएन्ट’को सङ्क्रमित पक्कै बढिरहेको हुनसक्ने यो पङ्क्तिकारको अनुमान छ । हाल अधिकांश पीसीआर गर्नेहरू या त  विदेश जानका लागि वा अरू कुनै प्रयोजनको लागि आउने गरेका देखिन्छन् ।  एउटा मात्र जिन देखिने गरेको (सामान्यतय तीन जिनलाई लक्षित गरेको हुन्छ) पनि कतिपयले भन्ने गरेका छन् ।  यदि सो नमुनालाई पुनः परीक्षण गर्दा तीनमध्ये एउटा मात्र फेरि देखिए जिन सिक्वेन्सिङ गर्न विश्व स्वस्थ सङ्गठनले सल्लाह दिने गरेको छ । त्यस्तो अवस्थामा नयाँ भेरिएन्टको भाइरस विकास भएको पनि हुनसक्छ । यहाँ भन्नै पर्ने कुरा के छ भने ‘एस जिन टार्गेट नेगेटिभ’को कोरोना भाइरस देखिने बित्तिकै त्यो ‘यूके भेरिएन्ट’को कोरोनाभाइरस नै हुनुपर्छ भन्ने हुँदैन । त्यस्ता भाइरसको जिनमा अघिल्लो कोरोना भाइरस वा ‘यूके भेरिएन्ट’को स्पाइक जिनमा देखिएको परिवर्तनभन्दा फरक ठाउँमा वा थप परिवर्तन भएको पनि हुनसक्छ । तसर्थ भाइरसको जिन परिवर्तन हुनु प्राकृतिक तथा स्वाभाविक मानिने हुँदा नेपालमा पनि कोरोनाको फरक स्वरूप विकास भइसकेको र भइरहेको हुनसक्छ । अर्थात ‘नेपाली भेरिएन्ट’को कोरोना भाइरस पनि विकास भइरहेको नहोला भन्न सकिँदैन यद्यपि जिन सिक्वेन्सिङले मात्र यसको  यकिन गर्न सकिनेछ ।

अन्त्यमा द्रुत गतिमा फैलने तथा घातक मानिएको ‘यूके भेरिएन्ट’ को कोरोनाभाइरस नेपालमा भित्रिएको झन्डै तीन महिना पुग्दै गर्दा हाल नेपालमा यसको अवस्था कस्तो छ भनेर थाहा छैन अर्थात अदृश्य प्रायः छ ।  तसर्थ यसको जानकारी थाहा पाउन सबै प्रयोगशालामा अरू जिनसँगै पीसीआर गर्दा ‘एस जिन’लाई पनि अनिवार्य सामवेश गर्नुपर्दछ, जसले गर्दा ‘यूके भेरिएन्ट’को अनुमान गर्न र त्यही अनुरूप योजना बनाउन सहज हुनेछ । यसका लागि जिन सिक्वेन्सिङ गर्ने प्रविधिको स्थापना गर्नुपर्दछ । यो प्रविधिको प्रयोगले ‘नेपाली भेरिएन्ट’को कोरोना भाइरससमेत विकास भइरहेको र भइसकेको छ वा छैन भनेर पत्ता लगाउन सकिने छ । जिन सिक्वेन्सिङ प्रविधिको प्रयोगबाट भ्याक्सिन प्रभावकारिताको बारेमा समेत अनुमान गर्न सकिने छ । कोरोना भाइरसको प्रभावकारी नियन्त्रण गर्न हाल भ्याक्सिन नै निर्विकल्प उपाय हो । 

डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप