आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हुन्डाईको नयाँ वर्ष योजना, १ लाखसम्मको एक्सचेन्ज बोनस साथमा बीमा

बिहीबार, १९ चैत २०७७, १२ : ३४
बिहीबार, १९ चैत २०७७

काठमाडौं । हुन्डाईका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले  “यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौँ अघि बढौं” योजना सार्वजनिक गरेको छ ।  

यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत २० हजार देखि ७८ हजारसम्मको अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन् । १५ हजार बराबरको लोयल्टी बोनस, १ लाखसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा प्राप्त गर्न सकिन्छ ।  

हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।  

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरी करोडौंमा ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप