मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

फेरि कंगनाको निशानामा करण जौहर

बिहीबार, १९ चैत २०७७, १२ : १०
बिहीबार, १९ चैत २०७७

बलिउड अभिनेत्री कंगना रनौतले पुनः एकपटक करण जौहरमाथि निशाना लगाएकी छन् । उनले ट्विटरमार्फत करण जौहर र आदित्य चोपडालाई मौखिक रुपमा हमला गरेकी हुन् । 

ट्रेड एनालिस्ट तरण आदर्शले ट्विट गर्दै कंगना रनौतको फिल्म “थलाइवी” को रिलीज मिति परिवर्तन नहुने बताएपछि कंगनाले करण र आदित्यलाई “बलिउडका ठेकेदार” भन्दै ट्विट गरेकी छन् । 

उनले लेखेकी छन्, “उनीहरुले मलाई बलिउड उद्योगबाट बाहिर निकाल्न सबैकुरा गरे । गुट बनाए, मलाई दुख दिए तर आज बलिउडका ठेकेदार करण र आदित्य लुकिरहेका छन् । सबै महानायक पनि लुकिरहेका छन् । केवल कंगना रनौत आफ्नो टिमसँग १०० करोड बजेटमा बनेको फिल्म लिएर आउँदै छिन् ।”

 

कोरोना भाइरसका कारण रातिमा कफ्र्यु लगाइएको छ । जसको कारण फिल्म निर्माताहरुले आफ्नो फिल्मको रिलीज मिति परिवर्तन गरेका छन् । कंगनाको “थलाइवी” अप्रिल २३ मा रिलीज मिति तोकिएको छ । फिल्ममा कंगनाले जयललिताको भूमिका निर्वाह गरेकी छन् । उनको फिल्म रिलीज मितिमा कुनै परिवर्तन आएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप