मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’

बिहीबार, १९ चैत २०७७, ११ : ५६
बिहीबार, १९ चैत २०७७

मुम्बई । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तलाई ‘दादा साहेब फाल्के अवार्ड’ दिइने भएको छ । केन्द्रीय मन्त्री प्रकाश जावडेकरले एक प्रेस मिटमा उक्त अवार्डको घोषणा गरेका हुन् ।
मन्त्री जावडेकरले प्रेम मिटमा भने ‘हामीलाई खुसी लागेको छ । देशको सबै भागका फिल्मकर्मी, निर्माता, निर्देशक, गायक, संगीकार सबैलाई समय समयमा ‘दादा साहेब फाल्के अवार्ड’ मिलेको छ । अहिले यो बर्षको अवार्ड महानायक रजनीकान्तलाई घोषणा गर्दा मलाई धेरै खुसी लागेको छ ।’

पत्रकार सम्बेलनमा मन्त्री जावडेकरले रजनीकान्तले विगत पाँच दशकदेखि फिल्मको संसारमा राज गरेको समेत बताएका छन् ।।
अवार्डको निर्णायकमा आशा भोंसले, मोहनलाल, विश्वजीत चटर्जी, शंकर महादेवन र सुभाष घई रहेका थिए । उनीहरुले सर्वसम्मतिमा रजनीकान्तको नाम सिफारिश गरेका हुन् ।
अभिनेता रजनीकान्तले एकसेएक फिलम अभिनय गरेका छन् । दरबार, २.०, द रोबोट, त्यागी, चालबाज, अन्धा कानुन, कबाली,  खुनका कर्ज, दोस्ती दुस्मनीलगायत थुप्रै हिट फिल्म रहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप