मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेत्री किरण खेरलाई “ब्लड क्यान्सर”

बिहीबार, १९ चैत २०७७, ११ : ५४
बिहीबार, १९ चैत २०७७

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीको चन्डीगढकी सांसद किरण खेरलाई “ब्लड क्यान्सर” भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी मल्टिपल माइलोमाबाट पीडित भएकी छन् । जुन एक प्रकारको ब्लड क्यान्सर हो । उनी अहिले मुम्बईमा उपचारारत छिन् । 

किरण खेरकी साथी तथा बीजेपी चन्डीगढका मेम्बर अरुण सूदले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै किरणको रोगको बारेमा जानकारी गराएका हुन् । सूदका अनुसार किरण अघिल्लो वर्षदेखि उपचारारत थिइन् । उनको अवस्थामा सुधार आएको समेत उनले जानकारी दिइन् । 

सूदले भने, “अघिल्लो वर्ष ११ नोभेम्बरमा किरणको उनकै घरमा हात भाँचिएको थियो । हातको उपचारको क्रममा उनमा मल्टीपल माइलोमाको शुरुवाती लक्षण देखिएको थियो । उनको रोग बाँया हातबाट दाँयातर्फ फैलिएको थियो । त्यससमयदेखि उनको लगातार उपचार भइरहेको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप