सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आइएमई लुटेरासँग लागुऔषध खान आएका ३ जना पक्राउ

बिहीबार, १९ चैत २०७७, ११ : ०९
बिहीबार, १९ चैत २०७७

काठमाडौं । न्युरोडस्थित खिचापोरीमा रहेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामको आइएमई लुटमा संलग्न तिलक राउत र दिपुन श्रेष्ठ बानेश्वरस्थित दक्षिणकाली होस्टलमा बस्छन् ।

बुधवार राति उनीहरुहलाई खोज्दै महानगरीय प्रहरी परिसर काठमाडौंको टोली होस्टलमा पुगेको थियो । प्रहरी पुगेपछि त्यहाँ अरु ३ जना आइपुगे । उनीहरु थिए, रोल्पा घर भएका प्रशन्न मल्ल ठकुरी, सफल आचार्य  र बुटवलका मिलन ढकाल ।

उनीहरु पनि त्यहि होटलको अर्को कोठामा बस्थे । उनीहरुको साथमा ११ चक्की नाइट्रोभेट, १७० चक्की ट्रामाडोल, २० चक्की स्पास्मो र गाँजा फेला परेको छ ।

लागुऔषध भेटिएपछि उनीहरुलाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । महानगरीय प्रहरी वृत नयाँबानेश्वरले उनिहरुमाथी लागु औषध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

खुकुरी देखाएर आईएमई लुट्ने तिलक र दिपुन सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरु लागु औषध प्रयोगकर्ता हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप