वैकल्पिक सरकार निर्माणबारे बाबुराम-उपेन्द्र र देउवाबीच भेटवार्ता
काठमाडौं । वर्तमान राजनीतिक परिस्थितिबारे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । जसपा संघीय परिषद अध्यक्ष भट्टराई र अध्यक्ष यादव देउवालाई भेट्न बुधबार बूढानीलकण्ठ पुगेका थिए । बूढानीलकण्ठ स्रोतका अनुसार भेटमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा देउवा, भट्टराई र यादवबीच करिब एक घण्टा छलफल भएको थियो ।
मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा र भट्टराईसँग छुट्टाछुट्टै भेटेपछि बुधबार उनीहरुबीच छलफल भएको हो । भेटमा वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्प दिने विषयमा देउवालाई अग्रसरताका लिन भट्टराई र यादवले आग्रह गरेको स्रोतको भनाई छ । जवाफमा देउवाले पार्टी वैकल्पिक सरकारको पक्षमा उभिने संस्थागत निर्णय गराउन भट्टराई र यादवलाई भनेका थिए । भट्टराई र यादवले जसपाभित्र प्रधानमन्त्री ओलीले खेल्न खोजेको भएपनि जसपा वैकल्पिक सरकारको पक्षमा उभिने विश्वास दिलाएका थिए ।
तर जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने प्रधानमन्त्री ओलीसँग सहकार्यका लागि निरन्तर वार्तामा छन् । जसले देउवालाई झस्काएको देखिन्छ । आजको छलफलमा उनले जसपा एक मतका साथ प्रस्तुत हुने वातावरण निर्माण गर्न देउवाको आग्रह थियो । काँग्रेस वैकल्पिक सरकारको पक्षमा रहेको भन्दै आफू परिपक्व परिस्थितिको प्रतिपक्षमा रहेको बताएका थिए । यता देउवा, भट्टराई र यादव बीचको भेटवार्तापछि माओवादी केन्द्रले भोलि बिहानका लागि स्थायी कमिटी बैठक बोलाएको छ ।
बैठकमा सरकारबाट समर्थन फिर्ता लिने विषयमा छलफल हुने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको भनाइ छ । प्रतिनिधिसभा पुनःस्थापना भएको एक महिनापछि माओवादी केन्द्रले समर्थन फिर्ता लिने सुरसार थालेपछि अब वैकल्पिक सरकार निर्माणको प्रक्रिया सुरुवात भएको देखिएको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत दिनुपर्ने संवैधानिक प्रावधान छ । यतिबेला प्रदेशहरूमा पनि माओवादी र एमालेले एक अर्काको नेतृत्वमा रहेका सरकारबाट समर्थन फिर्ता लिने क्रम जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण