शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय अनुसन्धान केन्द्रलाई प्रदेश प्रमुखको आर्थिक सहयोग

बुधबार, १८ चैत २०७७, २० : ५०
बुधबार, १८ चैत २०७७

प्रदेश नं. २ का प्रमुख डा राजेश अहिराजले आफ्नो पहिलो महिनाको पारिश्रमिकको आधा रकम महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । 

 उनले आज केन्द्रको भ्रमण निरीक्षण गर्दै आफ्नो पहिलो महिनाको पारिश्रमिकको आधा रकम केन्द्रलाई सहयोग गरे । सो अवसरमा प्रदेश प्रमुख डा अहिराजले प्रदेश नं २ मा पनि केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिदैं यसका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।

केन्द्रका सञ्चालक पुनले प्रदेश नं २ मा केन्द्र स्थापना गर्न आफू इच्छुक रहेको बताउँदै त्यसका लागि जग्गा र बजेटको व्यवस्थापन सहयोग गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप