बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन लाइफद्वारा ३ वर्ष देखी संचालित “विद्यार्थीसँग बीमा” निकै लोकप्रिय

बुधबार, १८ चैत २०७७, १७ : ३३
बुधबार, १८ चैत २०७७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना काल देखि नै जीवन बीमा व्यवसायलाई विस्तृत रुपमा हरेक नेपालीको पहुँचमा पु¥याइ बीमाको सचेतना बढाउने उद्देश्यले विभिन्न विद्यालय तथा कलेजहरूमा “विद्यार्थीसँग बीमा” कार्यक्रम गर्दै आइरहेको छ । 

कम्पनीका ब्रान्ड एम्बेस्डर मदन कृष्ण श्रेष्ठद्वारा उद्घाटन गरिएको सो कार्यक्रम सर्वसाधारणका लागी निकै नै सचेतना मुलक र लाभदायी देखिएको छ । यस कार्यक्रमले गाउँ–गाउँमा बीमा प्रति जनचेतना जगाउन निकै मद्दत पुगेको कम्पनीले जनाएको छ ।  

जीवन बीमाको दायरा फराकिलो बनाउने उद्देश्यका साथ अघि बढ्दै कम्पनीले पहिलो वर्ष ३० वटा विद्यालय र कलेज गरी करिब ५४०० विद्यार्थी, दोश्रो वर्ष ८७ वटा विद्यालय र कलेज गरी १९ हजार गर्दै अहिले तेस्रो वर्षमा आइपुग्दा करिब ४० वटा विद्यालय र कलेज गरी ७ हजार २ सय भन्दा बढी विद्यार्थीलाई बीमा सम्बन्धी ज्ञान दिइएको कम्पनीले जनाएको छ । बीमा के हो ?, बीमा किन जरुरी छ ?, यसबाट के कस्ता फाइदा लिन सकिन्छ ? र यसका अन्य सम्बन्धित सुरक्षा योजनाहरुको बारेमा सचेत गराउन कम्पनी सफल भएको जनाएको छ । कम्पनीका विभिन्न शाखा कार्यालयहरूले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने विद्यालय तथा कलेजहरूमा सो कार्यक्रम आयोजना गर्दै आइरहेका छन् ।

विद्यार्थीहरु सचेत हुँदा उनीहरुले आफ्नो घरमा रहेका सम्पूर्ण परिवारका सदस्यलाई जीवन बीमाको महत्वबारे बुझाउन सक्नेछन् र बेला छँदै जीवन बीमा गरे बीमाशुल्क पनि कम हुने र सोही कम शुल्कले नै ठूलो जोखिम न्युनिकरण हुने हुनाले कम्पनीले विद्यार्थीहरुलाई पहिले सचेत गराउनु उचित ठानेको जनाएको छ ।

समाजमा छरिएर रहेको स–सानो बचतलाई बीमाशुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका विभिन्न परियोजना निर्माण गर्न आवश्यक पुँजी जुटाउन जीवन बीमाले महत्वपूर्ण योगदान पु¥याउनुका साथै देशको राजस्व संकलन र आर्थिक उन्नतीमा समेत मद्दत पु¥याएको छ ।

जीवन बीमा मात्र एक त्यस्तो भरपर्दो साधन हो जसले फजुल खर्च गर्नबाट बचाउँछ । साथै विभिन्न अनिश्चितताले भरिएको मानव जीवनमा जीवन बीमाले जोखिम हस्तान्तरण गराउने र क्षतिपूर्तिका माध्यमबाट जोखिम व्यवस्थापन गर्ने कार्य समेत गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप