चीनले उपलब्ध गराएको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाउने सरकारको निर्णय
बुधबार, १८ चैत २०७७, १७ : ३३

काठमाडौं । चीनले नेपाललाई अनुदान सहयोगमा दिएको कोरोना विरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई पनि लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी गरेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । यद्यपि, खोप कहिलेदेखि लगाउने भन्ने मिति भने तय भैसकेको छैन ।
राष्ट्रिय खोप सल्लाहाकार समितिको परामर्शपछि चीनबाट अनुदानमा उपलब्ध भएको खोपबारे थप निर्णय लिइने समेत गौतमले बताए । भारतबाट अनुदान सहयोगमा प्राप्त गरिएको कोभिसिल्ड खोप भने माघ १४ गते देखि लगाउन सुरु गरिएको थियो । तर चीनले उपलव्ध गराएको ८ लाख डोज भेरोसेल खोप भने लगाउने निर्णय भएको थिएन । अहिलेसम्म नेपालमा १६ लाख जनाले कोभिसिल्ड खोप लगाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित