सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

मानव शरीरमा फेला पर्‍यो ५० करोड वर्ष पुरानो 'शैतानी जीव'को जीन

बुधबार, १८ चैत २०७७, १७ : २३
बुधबार, १८ चैत २०७७

मानव शरीरमा अहिले पनि ५० करोड वर्ष पूरानो समुद्री जीवको जीन रहेको छ । यो जीव प्राचिन समयमा समुद्रमा रहने गर्थ्यो । यो देख्नमा पात, आँसुको थोपा (टीयरड्रप्स) तथा धागो जस्तो घुमेको आकृतिको हुने गर्दथ्यो । जबकि उक्त समयमा धेरैजसो समुद्री जीव त्यस्ता आकारका हुँदैनथे । वैज्ञानिकहरुले  यस जीवलाई समुद्री शैतान नामकरण गरेका छन्  ।

कसरी भेटियो त यो शैतानी जीवको जीन मानिसको शरीरमा ?

यस सम्बन्धी अध्ययनका अनुसार  पृथ्वीको शुरुवाती दिनका जीवको शरीरको आकार,  इन्द्रीय तथा प्रतिरोधी क्षमताको जेनेटिक कोड आज पनि विभिन्न जीवमा पाइने गरेको छ ।  अध्ययनमा  उल्लेख गरिएको जीव एडियाकरन समय (Ediacaran Era) को हो । यी जीव समुद्रको सतहमा टाँसिएर बस्ने गर्थे । समुद्री सतह खोस्रेर खाने गर्थे ।

यस्ता समुद्री जीवलाई आकार बदल्ने रेन्जियोमर्फस (Rangeomorphs) भनिन्थ्यो । कैयौं वर्षसम्म वैज्ञानिक यसलाई जीव भन्ने कि पात भन्ने भनेर अलमलमा थिए । यसको आकार बदल्ने शैतानी कारणले नै यसलाई समुद्री शैतान भनिएको हो ।

मानव शरीरमा समुद्री शैतानको जीन रहेको खुलासा भने भर्जिनिया टेकका शोधकर्ता स्कट इवान्सले गरेका हुन् । यस्ता जीवको विचित्रता तथा विभिन्न प्रकारका आकार प्रकारका कारण वैज्ञानिकले यसलाई वर्गीकरण गर्न सकेका थिएनन्  ।

स्कट तथा क्यालिफोर्नियाका जियोलोजिका प्रोफेसर मेरी ड्रोसर साथै वासिङगटनस्थित नेशनल म्युजियम अफ नेचुरल हिस्ट्रीका अनुसन्धाता बायोलोजिस्ट डगलस इरविनले एडियाकरनको समयका ४० प्रजाति मध्ये चार जीवको जेनेटिकको जाँच गरेका थिए । यी प्रजातिका फोसिल्स अष्ट्रेलिया तथा आसपास प्राप्त भएको थियो ।

यी चार जीवमा अंडाकर देखिने डिकिनसोनिया (Dickinsonia), आँसुको थोपा जस्तो देखिने किम्ब्रेला (Kimberella) पांग्रा जस्तो देखिने ट्राइब्रेचिडियम  (Tribrachidium) तथा नाम्ले जुकाजस्तो देखिने इकारिया (Ikaria) एडियाकरन समयका चार जीव आजका कैयौँ जीवसँग मिल्दो जुल्दो देखिन्छन्  ।

यी चार जीवको न त टाउको थियो,  न त हात खुट्टा नै । तर, यी जीवमा आजका जीव जस्ता सामान्य गुण थिए । यी मध्ये तीन जीवमा बायाँबाट दायाँतर्फ सन्तुलित  सिमेट्री  रहेको थियो तथा यसको  शरीर बेग्ला बेग्लै भागमा बाँडिएको थियो ।

स्रोत: .livescience.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप