ट्राफिक प्रहरीले पैसा खान्छन् भन्ने आरोप चिर्दैछौं- एसएसपी भट्टराई
बुधबार, १८ चैत २०७७, १६ : १६
![ट्राफिक प्रहरीले पैसा खान्छन् भन्ने आरोप चिर्दैछौं- एसएसपी भट्टराई](https://rpcdn.ratopati.com/media/albums/janak-bhattarai_5FxhNElWLW.jpg)
काठमाडौं । सवारी चालकले दिएका ५ सय र १ हजार घुस अस्वीकार गर्ने ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । उनीहरुलाई ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले पुरस्कृत गरेका हुन् । बुधवार घुस फिर्ता गर्ने ८ जना प्रहरीलाई नगद तथा प्रशंसापत्रले सम्मान गर्दै एसएसपी भट्टराईले आर्थिक प्रलोभनमा पार्नेलाई पक्राउ गर्ने ट्राफिकको संख्या बढेको बताए । २८ जनालाई उनले सम्मान पत्र दिएर सम्मान गरेका छन् ।
‘ट्राफिकले पैसा खान्छन् भन्ने आरोप थियो’ एसएसपी भट्टराईले भने–‘अहिले सो आरोप चिर्दै छौं ।’ सडकमा खटिएका ट्राफिकले घुस दिनेलाई कारवाही गर्न थालेपछि चालकमा ‘पैसा दिनुहुन्न्’ भन्ने मानसिकता बढ्दै गएको उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने