संविधान असफल पार्न सरकार नै लाग्यो : देव गुरुङ
काठमाडौं । माओवादी केन्द्रका नेता तथा सांसद देव गुरुङले संविधानलाई असफल पार्न सरकार लागिरहेको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै नेता गुरुङले सरकारमाथि संवैधानिक प्रश्न उठिरहेको र सरकारका गतिविधिहरु संविधानको स्पिरिट विपरित रहेको धारणा राखेका हुन् । उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले दल विभाजन गरिसकेको अवस्थामा सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताए ।
‘वर्तमान सरकार नै विधिको शासन विपरित चलिरहेको छ । यो सरकारमाथि संवैधानिक र कानुनी प्रश्न उठेको छ’, गुरुङले भने, ‘सर्वोच्च अदालतले एउटा फैसला गर्यो । त्यो फैसलाले दल विभाजनको फैसला गरेको छ । दल विभाजन भएको अवस्थामा सरकार के हुने भन्ने अवस्था छ ।’
गुरुङले दल विभाजन भएको अवस्थामा संविधानको धारा १ सयको (२) अनुसार दल विभाजन गरिसकेपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको दावी गरे । ‘यस्तो अवस्थामा सरकारले ३० दिनभित्र विश्वासको मत लिए मात्रै वैधानिक ठहर्छ । ३० दिन २३ गते पुग्दैछ तर सरकारले त्यसतर्फ लागेको देखिँदैन’ गुरुङको भनाई छ ।
उनले सरकारले विधिको शासनलाई समेत फलो नगरेको भन्दै पुस ५ मा प्रतिनिधिसभा विघटन गरेको उदाहरण पेश गरे । गुरुङले सदनलाई बिजनेस दिनुपर्ने सरकारको दायित्व भएपनि नदिएर संसदलाई पुन विघटन गर्न लागिरहेको त होइन भनेर प्रश्न गरे । ‘सदनभित्र विभिन्न एजेण्डा छन् । तर प्रक्रिया अघि बढेको छैन । ५ वटा विधेयक प्रक्रियामा छन् । कार्यसूचीमा चढेका छैनन् । सरकारले सदनलाई के गर्न लागेको हो भन्ने गम्भिर प्रश्न उठेको छ । सरकार पुष ५ कै मनस्थितिमा छ । संसद भंग गर्ने र उदेश्य देखिन्छ’ गुरुङले प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत पाकिस्तान तनाव : अमेरिका युद्धमा संलग्न नहुने
-
आईपीएल छाडेर स्वदेश फर्कन चाहन्छन् विदेशी खेलाडीहरू
-
वैवाहिक करणी मुद्दामा फरार कतारबाट पक्राउ
-
माधव नेपालको एन्जिओप्लास्टी सर्जरी
-
प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र जित्नै पर्ने दबाबमा रहेको लखनउ आपसमा भिड्दै
-
भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्सल तैनाथ