शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा गोली लागेर एक जनाको मृत्यु

बुधबार, १८ चैत २०७७, १३ : १८
बुधबार, १८ चैत २०७७

बैतडी । गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

गोली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौँ रेफर गरिएको थियो । काठमाडौँमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनिएपछि अत्तरिया पुग्दा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ । चैत १४ गते घरमै रहेका बेला आफैँले बन्दुक चलाउँदा  घाँटीमा गोली लागेर चन्द घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार चन्दको घरबाट बन्दुक बरामद गरिएको छ । उनले किन बन्दुक चलाए भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप