शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ प्रयोगशालाबाट कोरोनाभाइरस फैलिएको भन्ने खबरमा डब्ल्यूएचओले अब के भन्यो ?

बुधबार, १८ चैत २०७७, १० : २०
बुधबार, १८ चैत २०७७

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गेब्रेयेससले कोभिड–१९ एक चिनियाँ प्रयोगशालाबाट निस्किएको भाइरस हो भनेर किटान गर्नका लागि थप गहन अध्ययनको आवश्यकता भएको बताएका छन् ।

गेब्रेयेससले चिनियाँ प्रयोगशालाको थ्योरी वास्तविक हुने सम्भावना ज्यादै न्यून रहेको र गहन अध्ययन बिना यसबारे केही भन्नु ठिक नभएको बताएका छन् ।

यस्तै, अमेरिकासमेत केही अन्य देशले विश्व स्वास्थ्य संगठनलाई पर्याप्त जानकारी नदिएको भन्दै चीनको आलोचना गरेका छन् ।

चीनले लगातार उसको प्रयोगशालाबाट कोरोनाभाइरस लीक भएको आरोपलाई गलत बताउँदै आएको छ ।

 विश्व स्वास्थ्य संगठनका विशेषज्ञको टिमले १४ जनवरीदेखि १० फेब्रुअरीसम्म चीनको ऊहान शहरको भ्रमण गरेको थियो ।

चीनको ऊहान शहरमा नै डिसेम्बर २०१९ मा कोरोनाभाइरस संक्रमणको सबैभन्दा पहिलो संक्रमितको आधिकारिक पुष्टि भएको थियो ।

यो अन्तरराष्ट्रिय टीमले मंगलबार एक रिपोर्ट जारी गरेको छ जसमा चीनमा विशेषज्ञको टीमले आवश्यक डाटा पाउन नसकेको र भविष्यमा उत्कृष्ट डाटा सेयरिङको आवश्यकता भएको बताएका छन् ।

विशेषज्ञको यो टीमका अनुसार भाइरस चमेरोबाट मानिसमा सरेको हुनसक्ने सम्भावना सबैभन्दा बढी छ ।

यद्यपि, विश्व स्वास्थ्य संगठनका प्रमुखले चिनियाँ प्रयोगशालायुक्त थ्योरीलाई ठाडै अस्विकार भने गरेको छैन । डब्ल्यूएचओले यसबारे थप अनुसन्धानको आवश्यकता भएको बताएका छन् ।

चीनले विश्व स्वास्थ्य संगठनको यो ताजा बयानमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप