सुरेन्द्र पाण्डेले बुझाए ओलीलाई जवाफ, के छ ९ पन्ने स्पष्टीकरणपत्रमा ? (पत्रसहित)
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ मंगलबार बुझाएका छन् । उनले ओलीले पार्टीलाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्न नसक्दा नै समस्या उत्पन्न भएको जिकिर गरेका छन् ।
‘तपाईंबाट लोकतान्त्रिक विधिबाट पार्टी संचालन हुन सकेको भए पार्टीभन्दा गुट शक्तिशाली हुने अहिलेको अवस्था आउँदैनथ्यो’, उनले ओलीलाई बुझाएको ९ पन्ने स्पष्टीकरण पत्रमा भनिएको छ, ‘पार्टीका हरेक सदस्य गुटका पछाडि दौडिरहनुपर्ने र कुन गुट शक्तिशाली छ भनेर हिसाब गरिरहनु पर्ने हुँदैनथ्यो । गुटलाई बलियो बनाउन शक्तिशाली गुटका नेताद्वारा गरिने सदस्यहरुको ‘खरिद–बिक्री’ जस्ता घृणित गतिविधिहरु हुँदैनथे । गुटबन्दीकै कारणले भ्रष्टाचारमा डामिएकाहरु पुरस्कृत हुने र गुटको सेवा नगरे वापत दशकौँ पार्टी निर्माणमा लागेकाहरू अपमानित भएर बाँच्नु पर्ने हुँदैनथ्यो,’ उनले पत्रमा भनेका छन् ।
उनले व्यक्तिपूजा, शक्तिपूजा, गुटभक्ति नै पार्टी जीवनको संस्कृति बन्दै गएको समेत बताएका छन् । ‘वस्तुतः अहिले पार्टीमा ‘म’ र ‘मेरो पद’ भन्ने धारणा नै विचारधारा बन्दै गएको छ । जस्तोसुकै अयोग्य भए पनि आफ्नो गुटको सदस्यको संरक्षण र आफ्नो गुटमा नलाग्नेका विरुद्ध साम–दान–दण्ड–भेदको प्रयोग नै राजनीति हुँदै गएको छ र गुटको व्यवस्थापन सङ्गठनात्मक सिद्धान्तका रुपमा स्थापित हुँदैछ । नवौँ महाधिवेशनको निर्णयअनुसार योग्य नेता पाएको भए यो पार्टीमा आज भैरहेको भाँडभैलो हुँदैनथ्यो ।’
उनले महाधिवेशनका निर्णयका आधारमा पार्टीलाई पुनर्गठित गर्न तयार हुन पनि ओलीलाई सुझाएका छन् ।
सरकारको असफलतापछि संसद विघटनजस्तो असंवैधानिक कदम चालेर यी सबैको भारी यो पार्टी र आन्दोलनलाई बोकाउनुका साथै ओलीले त्यतिले नपुगेर अझै पार्टी विभाजन गर्न खोज्नु रहस्यमय भएको उनको भनाइ छ ।
पार्टीको एकता जोगाउन पार्टीलाई २०७५ जेष्ठ २ मा फर्काउनुको विकल्प नभएको भन्दै पाण्डेले फागुन २८ र त्यसपछिका गुट भेलाका निर्णयलाई बदर गरी पार्टीलाई विधि र विधान अनुसार संचालन गरे मात्र एकता जोगाउन सम्भव हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण