बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अष्टलक्ष्मीको विश्लेषण : ओलीले एमालेसँगै लोकतन्त्र पनि सिध्याउँछन्

‘ओली वैचारिक लडाइँमा कमजोर छन्, हामी सहजै परास्त गर्न सक्छौं’
मङ्गलबार, १७ चैत २०७७, १८ : २३
मङ्गलबार, १७ चैत २०७७

काठमाडौं । नेकपा एमालेभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ । ओली पक्षले नेपाल पक्षका नेताहरुलाई निलम्बनको कारवाही थालेपछि माधव पक्षले आगामी रणनीति तय गर्न आफ्नो पक्षको भेला गरेको छ । फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किएको एमालेमा अध्यक्ष केपी शर्मा ओलीले त्यसयता गरेका निर्णय र काम कारवाहीको विरोधमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समानान्तर गतिविधि जारी राखेको छ ।

एमालेको माधव नेपाल पक्षले ओलीविरुद्ध सशक्त प्रतिकारको नीति लिने बताएको छ । यसका लागि नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ ।

पार्टीहित विपरीत गएको भन्दै ओली पक्षले माधव नेपालसहितका नेतालाई स्पष्टीकरण र कारवाहीको सिलसिला चलाइरहेको छ । यसै क्रममा अध्यक्ष ओलीले नेता नेपाल र उपाध्यक्ष समेत रहेका भीम रावललाई पार्टी सदस्यबाटै ६ महिनाका लागि निलम्बन गरेका छन् ।

केपी ओलीलाई कसैको प्रतिस्पर्धा पनि मन पर्दैन । उनलाई कसैको विचार पनि मन पर्दैन । कसैको सुझाव पनि मन पर्दैन । भुमिका पनि मन पर्दैन ।  उहाँ एक्लो तानाशाह हुने हिसावले अगाडि बढिरहनुभएको छ ।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई मान्यता नदिएसँगै पुर्ववत अवस्थामा फर्किएको एमालेमा अध्यक्ष केपी शर्मा ओलीले त्यसयता गरेका निर्णय र काम कारवाहीको विरोधमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीमा समानान्तर गतिविधि जारी राखेको हो ।

बरिष्ठ नेता नेपाललाई नै कारवाही गरेपछि अब नेपाल पक्षले के गर्छ र आगामी रणनीति कस्तो बनाउँछ भनेर रातोपाटीले माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रश्न गरेको छ  ।

शाक्यले प्रतिक्रिया जस्ताको त्यस्तै : 

केपी ओली निरंकुश र तानाशाही हुन् भन्ने कुरा माधव नेपाल र भीम रावललाई कारवाही गरेबाटै पनि पुष्टि भएको छ । उनले राम्रो काम गर्छन् भनेर ठान्नु नै गलत हो । हामी त्यो ठान्दा पनि ठान्दैनौं ।

केपी ओलीलाई कसैको प्रतिस्पर्धा पनि मन पर्दैन । उनलाई कसैको विचार पनि मन पर्दैन । कसैको सुझाव पनि मन पर्दैन । भुमिका पनि मन पर्दैन ।  उहाँ एक्लो तानाशाह हुने हिसावले अगाडि बढिरहनुभएको छ ।

हामीलाई त उनीहरुले अलग नै राखेका छन् । निषेध नै गरेका छन् । तर, उनीहरुभित्रै पनि ओलीले कसैको विचार र सुझाव पनिे सुनिरहेका छैनन् । उनीहरुभित्रै पनि धेरै पीडा रहेको कुरा हामीले सुनेका छांै । जहाँ पनि निरंकुशहरुले गर्ने व्यवहार यही हो ।

ओलीले माधव नेपाल र भीम रावललाई मात्रै होइन, उनले अब झलनाथ खनाललाई पनि कारवाही गर्न सक्छन् । उनलाई जो–जो मन परेका छैनन, ती सबैलाई उनले कारवाही गर्न सक्छन् ।

तानाशाहहरुले विचार र व्यक्तिलाई निषेध गर्दै विस्थापित गर्ने चरित्र ओलीमा अहिले मात्रै होइन, लामो समयदेखि प्रष्ट ढंगले देखा परेको छ । अन्ततः उहाँले लिएको लाइन  पार्टीलाई पनि सिध्याउने हो, एमालेलाई पनि सिध्याउने हो र लोकतन्त्रलाई पनि सिध्याउने अन्तिम उद्देश्य हो । त्यसो भएकाले नेताहरुलाई कारवाही गरे भनेर अचम्म मान्नुपर्दैन ।

ओली वैचारिक लडाइँमा कमजोर छन् । वैचारिक लडाइँमा अत्यन्त कमजोर भएकाले उनलाई कम्युनिस्ट पार्टीको विचार र सिद्धान्त भन्ने कुनै मतलव नै छैन । उहाँलाई विधि विधानको पनि मतलव छैन । त्यसकारण पनि हामी ओलीलाई वैचारिक लडाइँबाट सहजै परास्त गर्न सक्छौं ।

जहाँसम्म ओलीले माधव नेपाल र भीम रावललाई कारवाही गरेको भनिएको छ, यसको कुनै अर्थ, महत्व र तुक पनि नभएकाले हामीले त्यसलाई अवैधानिक भनेका छौं । ओलीले यसो गर्दैमा एमालेलाई हामी कमजोर बन्न दिँदैनांै । यही विषयमा हामी गम्भीर छलफल पनि गर्दैछांै । तर, आत्तिएका छैनौ । निराश पनि छैनौं ।

हामीसँग इमान्दार र विचारयुक्त  युवा पंक्तिको ठूलो शक्ति छ, जसले कम्युनिस्ट आन्दोलनमा सशक्त भुमिका पनि खेल्दै आएको छ । अब हामीले यो शक्तिलाई संगठित गर्नैपर्छ, परिचालित गर्नैपर्छ । त्यही भएकाले हामी कमिटी निर्माणमा पनि लागिरहेका छांै ।

राष्ट्रिय कार्यकर्ता भेला र जनसंगठनका भेलाबाट पनि हामीले सुझावहरु पाएका छौं । अब हामी अगाडि बढ्नुपर्छ । केपी ओलीबाट यसरी चल्दैन । उनले संघीय लोकतान्त्रिक गणतन्त्र पनि बचाउँदैनन्, पार्टी पनि बचाउँदैनन् ।

अब हामी अगाडि बढ्ने क्रममा हाम्रो सम्पूर्ण शक्तिलाई गोलवन्द गरेर जान्छौं, यो केपी ओलीसँग लड्ने महत्वपूर्ण हतियार हुनेछ । ओलीलाई परास्त गर्न पहिलो कुरा आफ्नो शक्तिलाई बलियो बनाउनुपर्ने हुन्छ । त्यसका लागि शक्ति संगठित गर्नु पहिलो काम हुनेछ । अर्को, वैचारिक लडाइँ नै हो ।

ओली वैचारिक लडाइँमा कमजोर छन् । वैचारिक लडाइँमा अत्यन्त कमजोर भएकाले उनलाई कम्युनिस्ट पार्टीको विचार र सिद्धान्त भन्ने कुनै मतलव नै छैन । उहाँलाई विधि विधानको पनि मतलव छैन । त्यसकारण पनि हामी ओलीलाई वैचारिक लडाइँबाट सहजै परास्त गर्न सक्छौं ।

दोस्रो– ओलीमा नैतिक आचरण नै छैन । उहाँले जे गर्दै हुनुहुन्छ, सबै गलत काम गर्दै हुनुहुन्छ । उहाँले गरेका सम्पूर्ण कुराको लेखाजोखा गर्नैपर्छ, हामी गर्छौं ।

एमालेको यो अवस्था होला भनेर हामीले कल्पना पनि गरेका थिएनांै । यसक्रममा हाम्रा पनि केही कमजोरी भए होला, तर अब गल्ती महशुस गर्नुको विकल्प पनि छैन । यसको पनि समीक्षा गर्नुपर्छ । हाम्रो कमजोरीकै कारण केपी ओली यो ठाउँसम्म आएका हुन् । नत्र उनको यो हैसियत हुने थिएन । उहाँ यो ठाउँमा आइपुग्न सक्ने मान्छे नै होइन । उहाँ त्यो हैसियत र भुमिका भएको नेता नै होइन । यसमा अनेकौं कारण छन्, यसको छुट्टै समीक्षा हुँदै जान्छ । तर, अब त्यस्तो गल्ती नदोहोरियोस् भन्नेमा हामी सचेत छौं ।

वैचारिक हिसावले भन्नुपर्दा नवौं महाधिवेशनमा ओलीको कुनै नीति नै थिएन । अहिले पनि छैन । नीति एउटाको र नेतृत्व अर्काको भएकाले पनि यो समस्या आएको हो । जसको नीति पास भएको छ, त्यही नेतृत्वमा हुनुपर्ने हो । तर, उल्टोउल्टो काम भएकाले यो खालको स्थिति बन्यो । जसले नीति नै मान्दैन, जसको नीति नै छैन भने त्यस्तो मान्छे नेतृत्वमा पुगेपछि त समस्या हुने नै हो ।

अहिले ओली बलियो भएको एउटै कारण हो–सत्ता । यो सत्ता र शक्ति हातमा हुँदासम्म मात्रै शक्तिशाली देखिएको जस्तो लागेको हो र त्यसैको आडमा यो चुरीफुरी गरेको हो । जब उहाँ सत्ता र शक्तिबाट झर्नुहुन्छ, उहाँ निरीह र पानीविनाको माछोजस्तै बन्नुहुनेछ । त्यसकारण अहिले ओलीबाट कारवाही भयो भनेर चर्चा गर्नुपर्ने कारण छैन । जसको वजन छैन, त्यसको चर्चा गर्नु वा महत्वका साथ लिनु जरुरी हुँदैन । आफैं विधिमा चलेको छैन र विधिलाई कुल्चेको छ भने उसले गरेको कारवाही कति विधिसम्मत हुन्छ ?

कम्युनिस्ट पार्टी भनेको निश्चित विधि, विधान र पद्दतिमा चल्छ । तर ओलीले आफुखुसी कोटरीका मान्छे राखेर केन्द्रीय समिति बैठक भनेर जथाभावी मान्छे भर्ती गर्नुभएको छ । त्यो गुटको भेला र बैठकले गरेका कुनै पनि निर्णय मान्य छैन । अझ भन्ने हो भने कम्युनिस्ट पार्टीमा त झन् त्यस्तो लापरवाही सम्भव नै हुँदैन ।

जसले देश र पार्टी विरुद्ध गतिविधि गरेको छ, त्यसले नै अरुलाई देश र पार्टीविरुद्ध गम्भीर अपराध गरेको छ भनेर आरोप लगाउनु कति जायज होला ? यो सामान्य मान्छेले पनि छुट्याउन सक्छ । कसैले कसैलाई आरोप लगाउँछ भने त्यो पुष्टि हुने तथ्य पनि हुनुपर्छ । तर, ओलीले कारवाही गरेका नेताहरुलाई लगाएको आरोप कहीँ कतै पुष्टि हुने आधार छैन । ओलीजीले जे–जे मनमा आयो, त्यही आरोप लगाउनुभएको छ । हामी यसको प्रतिवाद विधि संगत ढंगले नै गर्छौं । उनीहरुको जस्तो जथाभावी बोल्ने, गाली गर्ने गर्दैनौं । विचार र विधिसम्मत ढंगबाटै हामी लड्छांै, अघि बढ्छौ । लोकतान्त्रिक चरित्र, बाटो वा सोच पनि यही हुनुपर्छ ।

पार्टीमा अन्तरविरोध चलिरहँदा र कारवाही चलिरहँदा त्यसको पनि न्यूनतम शैली, विधि र प्रस्तुती हुन आवश्यक हुन्छ । तर, ओलीमा त्यो देखिएन भनेर उनीहरुकै मान्छेले समेत हामीलाई भनेका छन् ।

केपी ओलीले यस्तो नाङ्गो र तानाशाही चरित्र देखाएपछि नेता कार्यकर्ता चुप लागेर बस्ने कुरै हुँदैन । हामी बस्दा पनि बस्दैनांै । यदि त्यसरी चुप लागेर बस्यौं भने त्यो पलायन र निरीहता ठहर्छ, हामी त्यो पक्षमा छैनांै ।

वैचारिक हिसावले भन्नुपर्दा नवौं महाधिवेशनमा ओलीको कुनै नीति नै थिएन । अहिले पनि छैन । नीति एउटाको र नेतृत्व अर्काको भएकाले पनि यो समस्या आएको हो । जसको नीति पास भएको छ, त्यही नेतृत्वमा हुनुपर्ने हो । तर, उल्टोउल्टो काम भएकाले यो खालको स्थिति बन्यो । जसले नीति नै मान्दैन, जसको नीति नै छैन भने त्यस्तो मान्छे नेतृत्वमा पुगेपछि त समस्या हुने नै हो ।

जनताको बहुदलीय जनवादकै कुरा गर्दा उहाँ यसमा उभिएको मान्छे नै होइन । २०४६ सालको प्राप्त जनआन्दोलनबाट अघि बढिरहँदा हामीले मार्क्सवाद, लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाएका हांै । पार्टीको सिद्धान्त यो भएपछि नेपाली समाजमा सिर्जनात्मक ढंगले प्रयोग गर्नुपर्छ, आँखा चिम्लेर होइन भनेका हौं । त्यही क्रममा मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याउनुभयो । त्यसमा कानुनी राज्यको कुरा, लोकतान्त्रिक विधि, पद्धतिको कुरादेखि समावेशिताको कुराहरु गरियो । पार्टीमा यो विषयमा छलफल गरिरहँदा केपी ओलीको भुमिका कस्तो थियो ? के केपी ओलीले त्यसबेला यो कुरा मान्नुभएको थियो र ? थिएन ।

पार्टी निर्माणमा नेतृत्वको विचार अत्यन्तै महत्वपूर्ण हुन्छ । सिद्धान्त र विचारको व्याख्या गर्ने कुरा नेतृत्वको पहिलो दायित्व हो । पार्टी त्यसै निर्माण हुँदैन । तर, ओलीले अहिलेसम्म विचारमा भाग लिएको, छलफल गरेको, विचार प्रस्तुत गरेको कहिल्यै देखिएको छैन । त्यो मात्रै होइन, केपी ओलीले यस्तो विचार बनाउने कुरामा न त मदन भण्डारीलाई साथ दिनुभयो, न माधव नेपाललाई साथ दिनुभयो । न झलनाथ खनाललाई नै साथ दिनुभयो । बरु जहिले पनि पार्टीमा गुटबन्दी नै गरेर उहाँ अघि बढ्नुभयो । त्यसकारण उहाँ विचार प्रस्तोता पनि होइन । उहाँ सैद्धान्तिक मान्छे पनि होइन । वैचारिक मान्छे पनि होइन । राजनीतिक दृष्टिकोणले पनि प्रष्ट दृष्टिकोण ओलीमा छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप