भोलि प्रतिनिधिसभा बैठक: दुई पूर्व सांसदको शोक प्रस्तावमै सिमित हुने
काठमाडौं । भोलि बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । संघीय संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा दुई पूर्व सांसदको निधनमाथि शोक प्रस्ताव पारित गर्ने उल्लेख छ । गत चैत १३ गते निधन भएका पूर्व सांसद नेपाली काँग्रेस नेता नविन्द्रराज जोशी र चैत १६ गते निधन भएकी पूर्व सांसद एवं काँग्रेस नेतृ लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । साथै विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले आफ्नो समितिको वार्षिक प्रतिवेदन बुझाउने कार्यसूची तय गरिएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको १ महिना समय बितिसक्दा पनि सदनको कामकारवाही नियमित लयमा फर्कन सकेको छैन् । सरकारले सदनलाई काम गर्नका लागि ‘बिजनेस’ नदिएका कारण सदनमा हुने नियमित गतिविधि सञ्चालन हुन सकेको छैन् भने विभिन्न विषयगत समितिबाट पारित भएका विधेयकहरु पास हुन सकेका छैनन् । प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गर्न र विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेश गर्नमै सिमित बन्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै