सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ : प्रधानमन्त्री ओली

मङ्गलबार, १७ चैत २०७७, २१ : ३०
मङ्गलबार, १७ चैत २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताएका छन् । मंगलबार रिपोर्टस क्लब नेपालको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताएका हुन् । प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षमा विद्यालयहरूको पूर्वाधार विकासका लागि ५ अर्ब बढी रकम वितरण गरिने पनि बताए । उनले भने, ‘सामाजिक सुरक्षाका प्रबन्धकका क्षेत्रमा थुप्रो काम हामीले ग¥यौं । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरु ग¥यौँ । अरु पनि सामाजिक सुरक्षाका कामहरु हामी गर्दै जान्छौँ । अब पनि साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता अझ बढ्छ नै । साउन १ गतेदेखि लागू हुनेगरी बढ्छ । सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागू हुनेगरी बढाइने छ ।’  

प्रधानमन्त्री ओलीले सरकारले प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताए । सरकारले गच्छे अनुसार सञ्चार क्षेत्रलाई सहयोग गर्ने पनि बताए । उनले भने, ‘हामीले स्वतन्त्रताको उपभोग गर्दा सही ढङ्गले उपभोग गर्नुपर्छ । नत्र भने त्यसको दुरुपयोग हुने खतरा छ । अब त हामीले सिक्नुपर्छ भन्ने मलाई लाग्छ । सरकार स्वतन्त्रतामा कुनै बन्देज लगाउने वा कुनै नियन्त्रण गर्ने अथवा कुनै अंकुश लगाउने वा कुनै हिसाबले न्यून गर्ने पक्षमा छदैँछैन र हुँदैन । सरकारको तर्फबाट सञ्चार क्षेत्रलाई पु¥याउनुपर्ने सहयोग, त्यसलाई अरु फस्टाउनका लागि गर्नुपर्ने सहयोगका सन्दर्भमा गच्छेले भ्याएसम्म सरकार त्यो गर्न तयार छ ।’

अहिले देशमा समस्या पर्यो भन्ने प्रचार गरिएको भन्दै देशलाई र देशको राज्य प्रणालीमा कुनै प्रकारको समस्या नरहेको पनि उनले बताए । संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै प्रकारको समस्या नरहेको स्पष्ट पारे । प्रदेश सरकारहरुलाई केन्द्र सरकारबाट दिइने बजेटमा कहीँ कतै विभेद नभएको पनि बताए । उनले भने, ‘संघीयतामा समस्या के पर्यो ? केही केही अनुभूति र फिलिङ्गसका कुराहरु छन् । तर अब फिलिङ्स बाहेक भन्ने हो भने कुनैपनि प्रदेशलाई केन्द्रबाट बजेटमा कम बेस गरिएको छैन । बरु जहाँनिर पछाडि परेको छ त्यहाँका लागि प्रोजेक्ट तयार गरिएको छ ।’

नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकताको खारेजीको सम्बन्धमा पुनरावलोकनका लागि सर्वोच्च अदालत गएको सन्दर्भ उल्लेख गर्दै उनले पुनरावलोकनमा जानुलाई मजाक गरिएको टिप्पणी गरे । उनले भने, ‘आज पुनरावलोकनका लागि जानु भाछ क्यार । अदालत कुनै मजाक गर्ने ठाउँ हो र ? दर्ता खारेज गरिदियो । पार्टी आफ्ना आफ्ना भइसके ।’ प्रधानमन्त्री ओली केही मान्छेहरूको महत्वाकांक्षा राजनीतिक अस्थिरता निम्तिन खोजेको बताए । केही व्यक्तिहरुले आफ्नो निहित स्वार्थका कारण देशको राजनीतिलाई धमिल्याउन खोजेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप