शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले कर्णाली प्रदेश कमिटी हेरफेर, अध्यक्षमा बोगटी

मङ्गलबार, १७ चैत २०७७, १७ : ३९
मङ्गलबार, १७ चैत २०७७

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटी हेरफेर गरिएको छ । केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार प्रदेश कमिटी हेरफेर गरिएको हो । यसअघि प्रदेश सह–इन्चार्ज रहेका गोरख बोगटीलाई पार्टीको प्रदेश अध्यक्ष बनाइएको छ भने अध्यक्ष गुलाबजंग शाहलाई सह–इन्चार्ज बनाइएको एमाले प्रदेश कमिटी स्रोतले जनाएको छ । बोगटी नेपाल कम्युनिष्ट पार्टी हुँदा प्रदेश कमिटी अध्यक्ष रहेका थिए । बोगटीले सह–इन्चार्जको जिम्मेवारीमा अरुचि देखाएपछि कमिटी हेरफेर गरिएको स्रोतको भनाई छ । 

अब कर्णाली प्रदेश एमालेको अध्यक्षमा बोगटी, इन्चार्जमा यामलाल कँडेल, सह–इन्चार्जमा प्रदेशसभा सदस्य गुलाबजंग शाह र लक्ष्मीप्रसाद पोखरेलसँगै सचिवमा धर्मराज रेग्मीले पार्टी जिम्मेवारी पाएका छन् । सचिव रेग्मी माओवादी केन्द्रबाट आएका हुन् । उनलाई माओवादी केन्द्रले कारवाहीका लागि केन्द्रमा सिफारिस समेत गरिसकेको छ भने सांसद रेग्मी कुनै हालतमा पनि माओवादी केन्द्रमा नजाने दावी गर्दै आएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप