बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

छुट्टिने बेला महन्थसँग ओलीको भलाकुसारी !

मङ्गलबार, १७ चैत २०७७, १६ : ५२
मङ्गलबार, १७ चैत २०७७

काठमाडौं । राजधानीमा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेता महन्थ ठाकुरबीच मञ्चमै भलाकुसरी चल्यो । नेकपा एमाले र जसपा नेपालबीच सत्ता साझेदारीका विषयमा औपचारिक छलफल भैरहेकै बेला सार्वजनिक रुपमा पनि दुई पार्टीका शीर्ष नेताबीच भलाकुसारी चलेको हो । 

प्रधानमन्त्री ओली कार्यक्रमलाई सम्बोधन गरेर फर्कने बेलामा आफ्नो आसनबाट उठ्दै विदावारी हुने क्रममा प्रधानमन्त्री ओली नमस्कार गर्दै नेता ठाकुरतिर सरेका थिए । त्यसक्रममा उनीहरुबीच झण्डै एक मिनेट भलाकुसारी भयो । आफ्नो आसनबाट दायाँतिर रहेका ठाकुर र प्रधानमन्त्रीबीचको भलाकुसारी के विषयमा थियो भन्ने आवाज नजिकै रहेका कसैले नसुने पनि उनीहरुबीच जसपाले अघि सारेका माग र सत्ता समीकरणकै बारेमा भएको हुनसक्ने सहभागीहरुले अन्दाज गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप