नारायणी विच क्याफे : नदी किनारमा स्वादिष्ट खाना
नारायणी नदी किनारामा नारायणी विच क्याफे शुरुवात गरिएको छ । नदी किनारामा बसेर स्वादिष्ट खान पाइनुका साथै मनोरम दृष्य हेर्न पाइने भएपछि क्याफे छोटो समयमा नै धेरैको रोजाइमा पर्न सफल भएको छ ।
आफ्नै फार्ममा उत्पादित खसी, लोकल कुखुरा, कडकनाथ, टर्की, हाँस, माछा लगायतका उत्पादनहरु प्रयोग हुने भएकोले पनि स्थानीय तथा पर्यटकहरुको विशेष रोजाइमा पर्न सफल भएको छ, नारायणी विच क्याफे । ताजा र स्वस्थवर्दक परिकार पाइने भएकाले पनि यहाँ जन्मदिन मनाउने, साथी भाइ भेटघाट गरेर रमाइलो गर्ने तथा समुहगत पार्टीहरू समेत सञ्चालन हुने गर्दछन् ।
रेष्टुरेन्टमा इण्डियन, कन्टिनेनटल लगायतका खानाका साथै स्थानीय परिकारलाई विशेष महत्त्व दिइएको हुँदा हरेक वर्गका मानिस त्यहाँ पुग्ने गर्दछन् । गुणस्तरीय र स्वादिष्ट खानाका साथ राम्रो सेवा र सत्कारका कारण पनि रेष्टुरेन्ट धेरैको रोजाइमा पर्न सफल भएको हो ।
साँझको समयमा नारायणी नदीको सुस्केरासँगै कक्टेल र मक्टेलको मज्जा लिन पाइनेछ । मदिरा सेवन नगर्नेहरुलाई पनि अनौठा किसिमका मक्टेलको स्वाद लिन पाइनेछ ।
परिकार सँगै रेष्टुरेन्टको डिजाइन र सजावटलाई पनि आकर्षक ढंगले बुटिक रेष्टुरेन्टका रुपमा विकास गरिएको हुनाले घण्टौँ बस्दा पनि आनन्द महशुस हुने गर्दछ । साथै यहाँको आकर्षकता र कलाकृतिसँगै टिकटक बनाउनेको संख्या पनि बाक्लै देखिन्छ ।
नारायणी विच क्याफेमा पुग्न निकै सहज छ । नारायणघाटको पुल्चोक भगवती मार्गमा रहेको विच क्याफेमा भगवती मार्ग तथा नारायणी किनार दुवैतर्फबाट पुग्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा