होटल तथा रेस्टुरेन्टमा ई–मेनु ‘सजिलो डाइन’
काठमाडौं । विश्व बजार हिजो आज मानव रहित सुविधा वा डिजिटलाइज्ड हुने क्रममा अघि बढिरहेको छ । बढ्दो प्रविधिको प्रयोगसँगै हरेक क्षेत्रमा गरिने कामहरु छिटो छरितो र भरपर्दो सुविधाका लागि डिजिटल प्रविधिको विकास पनि तिव्र गतिमा भइरहेको छ । यस्तैमा नेपालमा होटल तथा रेस्टुरेन्टमा ई–मेनु ‘सजिलो डाइन’ संचालनमा आएको छ ।
कोभिड–१९ ले सृजना गरेको महामारीका बीच संचालमा आएको ‘सजिलो डाइन’ होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरुमा सामाजिक तथा भौतिक दुरी कायम गर्दै वेटर विना आफुलाई चाहेको मेनु अर्डर गर्न सकिने ई–मेनु हो ‘सजिलो डाइन’।
‘सजिलो डाइन’ले उच्चतम प्रविधिको प्रयोग गर्दै होटल तथा रेस्टुरेन्टमा खाना तथा नास्ता गर्न जाने ग्राहक र सर्भिस कम्पनीलाई सहज हुनेगरी डिजिटल क्यूआर स्क्यानर मेनु उपलब्ध गराएको हो ।
ग्राहकले आफ्नो टेवुलमा रहेको क्यूआर कोडलाई आफ्नो मोवाइलमा रहेको जुनसुकै क्यूआर स्क्यानरले स्यान गरी उक्त होटल तथा रेस्टुरेन्टमा उपलव्ध मेनुहरु आफ्नै मोवाइलमा देख्न र चाहेको परिकार तत्कालै अर्डर गर्न सक्नेछन् भने अर्डर मेनुको मूल्य समेत थाहा पाउन सक्नेछन् । ग्राहकले गरेको अर्डर सफ्टवेयरको माध्यमबाट सिधै सर्भिस दिने कम्पनीको एड्मिन र किचनमा पुग्दछ । जसले गर्दा ग्राहकले बेटर पर्खनु पर्ने झन्झटबाट मुक्त पाउने छन् भने अर्का तिर समयको बचत हुनेछ ।
कम्पनीका संचालकका अनुसार “नेपालका बैंकिङ्ग, शिक्षा, बीमा, सपिङ सेन्टरहरु आदिमा रकम भुक्तानीको लागि प्रयोगमा आएको क्यूआर स्क्यानर होटल तथा रेस्टुरेन्टको मेनु स्क्यानका लागि प्रयोगमा ल्याएको भने नेपालमा नै यो पहिलो पटक हो ।”
राजधानीका विभिन्न १ सय भन्दा बढि होटल तथा रेस्टुरेन्ट, पे.पे. पिज्जाका सबै शाखाहरुमा संचालमा आइसकेको छ । ‘सजिलो डाइन’ सफ्टवेयर प्रयोग गर्न चाहने जुन कुनै होटल, रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रका व्यवसायीहरुले न्यूनतम शुल्कमा नै यो सुविधा प्रयोग गर्न सक्नेछन् जसका लागि यो सेवा प्रयोग गर्न चाहने कम्पनीले वार्षिक मात्र ३ हजार रुपैयाँ मात्र तिरे पुग्ने कम्पनीले जनाएको छ ।
कम्पनी संचालकका अनुसार ई–मेनु हाल बजारको अत्यावश्यक माग थियो जुन सजिलो डाइनले सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी