शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुलपानीमा घरको जग खन्दा ढिस्कोले पुरिएर एकजनाको निधन

मङ्गलबार, १७ चैत २०७७, १५ : ५२
मङ्गलबार, १७ चैत २०७७

काठमाडौं । काठमाडौंको मूलपानीमा घरको जग खन्दा ढिस्कोले पुरिएर मजदूरको निधन भएको छ । निधन हुनेमा दोलखाको जिरी नगरपालिका–२ घर भएका २० वर्षीय इन्द्र श्रेष्ठ छन् ।

भिरालो जमिनमा घरको जग खन्दा ढिस्को खसेर श्रेष्ठको निधन भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए ।

ढिस्कोले पुरिएर ३५ वर्षीय धनबहादुर मगर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । धनबहादुरको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप