शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गोंगबुमा युवालाई निर्घात कुट्ने ३ जना पक्राउ

मङ्गलबार, १७ चैत २०७७, १५ : ३६
मङ्गलबार, १७ चैत २०७७

काठमाडौं । काठमाडौंको गोंगबुमा सुनसरी घर भएका अमर लिम्बु कुटिएका छन् । होली खेल्दा पत्नीलाई जिस्काएपछि प्रतिकार गर्दा चार–पाँच जनाको समूहमा रहेका व्यक्तिहरुले उनलाई निर्घात कुटेका हुन् ।

आइतबार मध्यान्ह सडकमा अमानवीय ढंगले कुटेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि प्रहरीले घटनाबारे अनुसन्धान गरेको थियो । सामाजिक सञ्जालबाट घटना सार्वजनिक भएपछि कुटपिटमा संलग्न ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा तनहुँ घर भई वनस्थली बस्ने वर्ष २२ का भरत गुरुङ, ढुंगेधारा बस्ने २५ वर्षीय सोमबहादुर गुरुङ र धापासी बस्ने २५ वर्षीय दीपेन्द्र कुमार थापा छन् । कुटपिटमा संलग्नलाई अभद्र व्यवहार मुद्दामा म्याद लिएर महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

अमरले मदिराको नशामा रहेका व्यक्तिहरुले आफुलाई कुटेको समाजिक सञ्जालमार्फत बताएका छन् । सामाजिक सञ्जालबाट बाहिरिएको भिडियोबाट अनुसन्धान गरेर प्रहरीले आरोपी पक्राउ गरेपनि पीडित चाहिँ प्रहरीको सम्पर्कमा आएका छैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप