अजोड इन्स्योरेन्सको इन्साडर ट्रेडिङ आशंका, नेप्से भन्छ: कारोबार रद्द हुँदैन दोषी पत्ता लागे कारवाही हुन्छ
काठमाडौं । अहिले अजोड इन्स्योरेन्सले इन्साइडर ट्रेडिङ गरेको आशंका लगानीकर्ताहरूले गरेका छन् । मंगलबार मात्र ५० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गर्ने सूचना प्रकाशित गरेको अजोडले सोमबार नै सूचना चुहाएर इन्साइडर ट्रेडिङ गरेको आशंका लगानीकर्ताले गरेका हुन् । तर नेप्सेलाई यो विषय टाउको दुःखाइको विषय बनेको छ । ‘कसले सूचना चुहायो कसरी पत्ता लगाउने ?’ नेप्से भन्छ ।
यद्यपि, यो विषयमा आफ्नो ध्यानाकर्षण भएको प्रवक्ता मुरारी पराजुली बताउँछन् । उनी भन्छन, ‘आशंका गर्न पाइयो तर पुष्टि गर्न गाह्रो छ । नेप्से र सूचीकृत कम्पनीको सम्बन्ध दुई बीचमा भएको सम्झौताअनुसार हुन्छ । कारोबार रद्द हुँदैन । प्रमाणित भयो भने चुहाउनेलाई कारबाही हुन्छ ।’
अजोड इन्स्योरेन्सको सेयर मूल्य सोमबार ९.९६ प्रतिशतले बढेको थियो । तर आज एक सूचना प्रकाशित गर्दै अजोडले वैशाख ७ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने मुख्य प्रस्ताव सभामा लैजाने भएको छ । यो सूचना पहिले नै चुहाएर सेयर मूल्य प्रभावित पार्न खोजेको लगानीकर्ताको आशंका हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्