शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको निष्कर्ष : श्रमजीवीको सरकार ढलाएर बुर्जुवालाई नेतृत्व हस्तान्तरण गर्ने प्रचण्ड–माधवको षडयन्त्र

मङ्गलबार, १७ चैत २०७७, १३ : ३०
मङ्गलबार, १७ चैत २०७७


 

नेकपा एमालेको अन्तरपार्टी निर्देशनमा अध्यक्ष केपी शर्मा ओलीले श्रमजीवी वर्गको सरकार ढलाएर बुर्जुवा वर्गलाई नेतृत्व हस्तान्तरण गर्ने षडयन्त्र भएको आरोप लगाएका छन् । यसै प्रयोजनका लागि सर्वसम्मत ढङ्गले निर्वाचित संसदीय दलको नेतालाई सडकबाटै हटाइएको घोषणा गर्ने, महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई साधारण सदस्य समेतबाट निष्काशन गर्ने तथा पार्टीका विभिन्न नेताहरूलाई कार्बाही गर्ने जस्ता कुकृत्यहरू पनि भएको उनको ठहर छ ।

अन्तरपार्टी निर्देशिका–९ मा लेखिएको छ,

‘यसबीचमा हामी गम्भीर परिस्थितिबाट गुज्रेका छौँ । केही नेताहरूका निहित स्वार्थ, गुटगत क्रियाकलाप र विभाजनकारी गतिविधिका कारण तीन वर्ष अगाडि सुरु गरिएको पार्टी एकीकरणको प्रक्रिया भङ्ग भयो । त्यति मात्र नभएर गालीगलौज, अमर्यादित र असभ्य आरोप लगाएर कम्युनिष्ट आन्दोलनप्रति आम जनतामा वितृष्णा पैदा गर्ने गतिविधि गरियो । सही विचार, सही धार र नेतृत्वलाई समाप्त पार्ने योजना अनुरुप प्रतिक्रियावादी शक्तिहरूसँगको साँठगाँठमा प्रधानमन्त्री हटाउने प्रयास गरिए । यसै प्रयोजनका लागि सर्वसम्मत ढङ्गले निर्वाचित संसदीय दलको नेतालाई सडकबाटै हटाइएको घोषणा गर्ने, महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई साधारण सदस्य समेतबाट निष्काशन गर्ने तथा पार्टीका विभिन्न नेताहरूलाई कार्बाही गर्ने जस्ता कुकृत्यहरू पनि भए । प्रतिनिधिसभा पुनर्स्थापनाको घोषणा हुनासाथ अबिर जात्रा गर्ने र विपक्षी पार्टीलाई प्रधानमन्त्री बनाउन घर–घर धाउने कुराले नै साथीहरूको मनसाय के थियो भन्ने प्रष्ट पार्छ । त्यसैले यो वर्गीय लडाइँ  थियो, श्रमजीवी वर्गको सरकार ढलाएर बुर्जुवा वर्गलाई नेतृत्व हस्तान्तरण गर्ने योजना अन्तरगतको षडयन्त्र थियाे ।’

यस सङ्कटको घडीमा पार्टी पङ्क्ति र नयाँ पुस्ता दृढतापूर्वक नेतृत्व र आन्दोलनको रक्षामा उभियो । पूर्व माओवादी पृष्ठभूमिका कतिपय कमरेडहरूलाई राजनीतिक र कानूनी असहजताहरू थिए, तर पनि उहाँहरू आन्दोलनलाई सही दिशा दिने यस अभियानमा दह«ो गरी उभिनु भयो । प्रतिवद्ध नेता कार्यकर्ताहरूको सक्रियता र आम जनताको साथ– सहयोगले आज कम्युनिष्ट आन्दोलन षडयन्त्रको चक्रव्यूहबाट बाहिर आउन सफल भएको छ । उहाँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप