अन्तरपार्टी निर्देशनमार्फत ओलीको सर्कुलर– अब कसैलाई गुटगत रुपमा मान्यता दिइने छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र विद्यमान गुटबन्दीविरुद्ध कठोर हुने संकेत गरेका छन् ।
उनले चैत १३ गते जारी गरेको अन्तरपार्टी निर्देशनमा गुटबन्दीलाई कुनै हालतमा मान्यता नदिइने प्रस्ट पारेका छन् । ‘हामी विगतमा अलमलिएका, भड्काउपूर्ण चिन्तन र गतिविधिमा सङ्लग्न रहनुभएका साथीहरूलाई पार्टीमा फर्किन आह्वान गर्छौं,’ ओलीले अन्तरपार्टी निर्देशनमा भनेका छन्, ‘विगतका तिक्ततालाई बिर्सेर सबैलाई स्वागत गरिने छ । सबैलाई सम्मानपूर्वक काम दिइने छ, कसैप्रति पनि पूर्वाग्रह राखिने छैन ।’
उनले पार्टी भनेको गुटहरुको संयुक्त मोर्चा होइन भन्ने पनि प्रस्ट पारेका छन् । ‘पार्टी विचारमा आधारित संस्था हो, यो गुटहरुको संयुक्त मोर्चा होइन,’ अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘त्यसैले अब गुटबन्दीलाई कुनै हालतमा प्रश्रय दिइने छैन । अब कसैलाई गुटगत रुपमा मान्यता दिइने छैन ।’
पार्टीका नाममा मनपरी गर्न कसैले पनि नमिल्ने र त्यसो गर्न पनि नदिइने ओलीले प्रस्ट पारेका छन् । ‘अहिले पार्टीलाई शद्धीकरण गर्ने अवसर प्राप्त भएको छ । त्यसैले सङ्गठन विस्तारमा केन्द्रित होऔंं,’ अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘नयाँ सदस्यता व्यापक रुपमा वितरण गरौैं । युवा विद्यार्थीमा पार्टीप्रति बढेको आकर्षणलाई वैचारिक चेतना निर्माण र सङ्गठनात्मक ढाँचामा रुपान्तरित गर्ने गरी सदुपयोग गरांै ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले फेड अध्यक्षलाई गाली गरेपछि अमेरिकी शेयर बजारमा पहिरो, घट्यो डलरको भाउ
-
नयाँ पोस्टर यस्तो देखियो ‘नरसिंहाः अवतार’
-
तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी
-
बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु
-
एकताबद्ध एनआरएनएका लागि नेतृत्व लिन तयार छु: आरके शर्मा
-
९ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च ३२ प्रतिशत