जुनसुकै बेला निर्वाचनमा जान तयार रहन कार्यकर्तालाई ओलीको ‘सर्कुलर’
काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकर्तालाई जुनसुकै बेला निर्वाचनमा जान तयार रहन निर्देशन दिएका छन् ।
चैत १३ गते जारी अन्तरपार्टी निर्देशनमा अध्यक्ष ओलीले जुनसुकै बेला निर्वाचनमा जान तयार रहनेगरी क्रियाशील हुन निर्देशन दिएका हुन् ।
अन्तरपार्टी निर्देशनमा ओलीले भनेका छन्, ‘संसदको पहिलो बैठकको परिदृश्य र त्यस यताका घटनाक्रमले ताजा जनादेशको आवश्यकता र औचित्यलाई पुष्टि गर्दै लगेको छ ।’
अदालतको आदेशलाई कार्यान्वयन गर्दै विद्यमान राजनीतिक शक्ति सन्तुलनभित्रै राजनीतिक स्थायित्व र स्थिरताका लागि आफूहरुको प्रयास केन्द्रित हुने तर सबै विषय आफ्नो इच्छा वा निर्णयमा मात्र निर्भर नहुने पनि ओलीले प्रस्ट पारेका छन् ।
‘सरकारमा रहँदा जनता र देशको हितमा अधिकतम परिणाम दिने गरी काम गर्ने, प्रतिरक्षामा रहनु परे तदनुरुप कै प्रभावकारी भूमिका खेल्ने र जुनसुकै पनि बेला निर्वाचनमा जान तयार रहने गरी हाम्रो पार्टी पङ्क्ति क्रियाशील हुनु पर्छ,’ निर्देशनमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवीन समझदारी नै अबको निकास
-
निर्माण व्यवसायीहरूलाई राज्यबाटै कमजोर पारियो: अध्यक्ष सिंह
-
योग तथा साधनालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्दै छौँ : उपप्रधानमन्त्री श्रेष्ठ
-
नेपालका लागि अमेरिकी राजदूत थम्पसनद्वारा लुम्बिनी भ्रमण
-
बागलुङको लाम्मेलामा आगलागी, दुई घर जले
-
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथाको चुचुरोमा