शिवाको ठाउँमा जानकी देवीलाई सांसद बनाउने एमालेको निर्णय
मङ्गलबार, १७ चैत २०७७, १३ : १५

काठमाडौं । नेकपा एमालेले सानु शिवाको ठाउँमा जानकी देवीलाई सांसद बनाउने भएको छ । सांसद शिवाको निधन भएपछि उक्त स्थानमा जानकी देवीलाई सांसद बनाउन आयोगलाई सिफारिस गर्ने भएको हो ।
निर्वाचन आयोगको बन्द सूचीमा रहेकी जानकी देवीलाई सांसद बनाउने एमालेको चैत सात गते बसेको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको हो । एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा ‘जानकी देवी रामलाई निर्वाचित गर्न निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको’ उल्लेख छ ।
त्यस्तै निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ बन्द सूचीको उम्मेदवारमा समावेश दलित महिला तर्फकी धनकुमारी सुनारले पार्टी परित्याग गरी अर्को पार्टी प्रवेश गरेकाले निजको नाम बन्द सूचीबाट हटाउने निर्णय गरेको पनि एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्य नेपाल च्यालेन्ज प्रो-एम : मगरको टिमलाई उपाधि
-
नेसपा गंगानारायण श्रेष्ठ समुहद्वारा केन्द्रीय समिति पुनर्गठन
-
कोटेश्वरबाट करिब २९ लाख नगद र सुन चाँदीसहित भारतीय युवक पक्राउ
-
लुम्बिनी प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
-
थेबेलाई दोहोर्याउने पक्षमा ओली र विद्या, युवा संघको महाधिवेशन स्थलमा नाराबाजी
-
रानीबारीमा सुन र मोबाइल चोरी