बेलायतमा आजको तापक्रम पाँच दशकयताकै उच्च

लन्डन । बेलायतमा आज (मंगलबार)को तापक्रम विगत ५३ वर्षयताको मार्चमध्यकै सबै भन्दा बढी हुने बताइएको छ । आजको तापक्रम २४ डिग्रीसम्म पुग्नेछ, जुन सन् १९६८ पछिका मार्चमध्ये सबैभन्दा तातो दिनको रुपमा सावित हुनेछ । साथै आजको तापक्रम यस वर्षको पनि सबैभन्दा उच्च तापक्रम हो । सन् १९६८ को मार्च २९ का दिन २५.६ डिग्री तापक्रम रेकर्ड गरिएको थियो ।
कोरोना संक्रमणको महामारीका कारण इङ्ग्ल्यान्डमा जारी लकडाउन खुकुलो गरेको २४ घन्टामा बेलायतको तापक्रम अत्यधिक रुपमा बढेको हो । लकडाउन खुल्ला गरिएको दिन सोमबार पनि बेलायतको मौसम विगतको तुलनामा निकै घमाइलो बनेको थियो । उक्त दिन इङ्ग्ल्याण्डवासीहरुले महिनौदेखि एकआपसमा भेट्न नपाएका आफन्तहरूसँग घरबाहिर दुई परिवार वा ६ जनासम्म भेटघाट पाएका थिए ।
कोरोना संक्रमण दर र मृत्युदरमा केहि कमी आएपनि युरोपका केहि मुलुकमा संक्रमणको तेस्रो लहर शुरु भएपछि बेलायतमा पनि विशेष सतर्कता अपनाउनुपर्ने सरकारले बताउँदै आएको छ । लकडाउन सहज गरिएपनि सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ ।
बेलायतमा कोरोना संक्रमणका कारण एक लाख २६ हजार बढीको मृत्यु भइसकेको छ भने ४३ लाख ३७ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । यसैगरी बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ४१ लाख १९ हजार ९५ डोज खोप वितरण भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई वडाको साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग