बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा आजको तापक्रम पाँच दशकयताकै  उच्च

मङ्गलबार, १७ चैत २०७७, १३ : ०४
मङ्गलबार, १७ चैत २०७७

लन्डन । बेलायतमा आज (मंगलबार)को तापक्रम  विगत ५३ वर्षयताको मार्चमध्यकै सबै भन्दा बढी हुने बताइएको छ । आजको तापक्रम २४ डिग्रीसम्म पुग्नेछ, जुन सन् १९६८ पछिका मार्चमध्ये सबैभन्दा तातो दिनको रुपमा सावित हुनेछ । साथै  आजको तापक्रम यस वर्षको पनि सबैभन्दा उच्च तापक्रम हो । सन् १९६८ को मार्च २९ का दिन २५.६ डिग्री तापक्रम रेकर्ड गरिएको थियो ।

कोरोना संक्रमणको महामारीका कारण इङ्ग्ल्यान्डमा जारी लकडाउन खुकुलो गरेको २४ घन्टामा बेलायतको तापक्रम अत्यधिक रुपमा बढेको हो । लकडाउन खुल्ला गरिएको दिन सोमबार पनि बेलायतको मौसम विगतको तुलनामा निकै घमाइलो बनेको थियो । उक्त दिन इङ्ग्ल्याण्डवासीहरुले महिनौदेखि एकआपसमा भेट्न नपाएका आफन्तहरूसँग घरबाहिर दुई परिवार वा ६ जनासम्म भेटघाट पाएका थिए ।  

कोरोना संक्रमण दर र मृत्युदरमा केहि कमी आएपनि युरोपका केहि मुलुकमा संक्रमणको तेस्रो लहर शुरु भएपछि बेलायतमा पनि विशेष सतर्कता अपनाउनुपर्ने सरकारले बताउँदै आएको छ । लकडाउन सहज गरिएपनि सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ ।   

बेलायतमा कोरोना संक्रमणका कारण  एक लाख २६ हजार बढीको मृत्यु भइसकेको छ भने ४३ लाख ३७ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । यसैगरी बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ४१ लाख १९ हजार ९५ डोज खोप वितरण भइसकेको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप