घनश्यामको गम्भीर आरोप : ओलीका मान्छेहरु राज्य दोहनमा पारङ्गत
नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहमा लागेकाहरू छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारङ्गत भएको गम्भीर आरोप लगाएका छन् ।
‘तपाईंसँग असहमत दोश्रो पुस्तालाई त तपाईंले किनारा लगाई नै सक्नुभएको छ र कोही बाँकी भए तिनलाई पनि तपाईंले क्रोध र बदलाका साथ गुटबन्दीको सहारामा किनारा लगाउनु नै हुन्छ । तपाईंसँग अहिले दोश्रो पुस्ताको जुन समूह छ त्यसमध्ये केहि धेरै अगाडिदेखि नै छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारङ्गत भैसकेका छन्’, भुसालले मङ्गलबार ओलीले सोधेको स्पष्टीकरणमा जवाफ दिँदै भनेका छन् । उनले ओलीका मान्छेहरुले राजनीतिको व्यापार गरेको पनि दाबी गरेका छन् ।
पार्टीमा राजनीतिक आदर्शले प्रेरित हुँदै सङ्घर्ष गरेर आएका नेता कार्यकर्ताको पंक्ति पनि ठूलो भएको भन्दै भुसालले तिनले स्वतन्त्रतापूर्वक विकास गर्न पाएको भए अहिले नेपाली राजनीतिमा एउटा बलियो नयाँ पुस्ता आउँथ्यो भनेका छन् । उनले भनेका छन्, ‘त्यसका पछाडि अझ अर्को पुस्ता तयार भइसक्ने थियो । तर तपाईंका असहिष्णु छायाँमूनी टाक्सिँदै गएर उनीहरु केवल तपाईंका आदेश पालक जमातमा परिणत हुँदै गएका छन् । उनीहरुको सिर्जना, स्वत्व, प्रतिबद्धता सबै गुम्दै गैरहेको छ ।’
ओलीका मान्छेहरुले देखेको बोल्न नसक्ने र झूटा कुरा पनि थाहा हुँदाहुँदै बोल्दै हिँडेको टिप्पणी गरेका छन् । ‘उनीहरुले जे कुरा देख्छन् यो बोल्न सक्दैनन् जुन कुरा बोल्छन् त्यो झुठो हो भन्ने उनीहरुलाई थाहा छ । यसरी उनीहरुको
व्यक्तित्व पनि विभाजित व्यक्तित्व बन्दैछ । सोच्ने एक थोक, बोल्ने अर्को थोक र गर्ने अझै अर्को थोक हुन जाँदा व्यक्तित्व विघटित हुन्छ र नक्कली व्यक्तित्व बन्छ । यसरी सत्ताले नक्कली व्यक्तित्वहरुको झुण्ड तयार गर्छ । तपाईंको सत्ताले पार्टीमा यस्ता नयाँ मानिसहरु जन्माउँदै छ जसको योग्यता आदेश तामेल गर्ने मात्रै हो,’ भुसालको ठहर छ । लाखौँ सदस्यको नाम, इज्जत, पहिचान भएको पार्टी अहिले ‘एकमना’ पार्टीमा बदलिँदै गएको पनि उनको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण