शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ढाड दुख्ने समस्याबाट छुटकारा दिने घरेलु उपाय

मङ्गलबार, १७ चैत २०७७, ११ : ३९
मङ्गलबार, १७ चैत २०७७

लामो समयसम्म कम्प्युटरमा काम गर्ने, एकै ठाउँमा लामो समयसम्म बसिरहने, व्यायाम नगर्ने जस्ता विभिन्न कारणले ढाड दुख्ने समस्या आउँछ । ढाड दुखाइका कारण काममा बाधा पुग्ने र सामान्य दैनिक जीवनयापनमा समेत समस्या आउने भएकाले यो समस्यालाई चिन्ताजनक अवस्थामा पुग्न नपाउँदै घरेलु उपचारबाट राहत पाउन सकिन्छ ।

शारीरिक गतिविधि र शारीरिक कसरतका कामहरु नहुँदा ढाड दुख्ने समस्या धेरै हुने गर्छ । 

भारतकी न्यूट्रिशनिस्ट पूजा मखीजाका अनुसार ढाड दुख्ने समस्या दैनिक जीवनमा गर्ने कार्यहरुसँग जोडिएको हुन्छ । यसका साथै, भोकै रहने बानीले पनि शरीरमा क्यालोरीको मात्रा घटाउने र उर्जा कम हुन्छ । शरीरलाई उर्जा प्रदान गर्ने तत्वको कमि हुँदा पनि ढाडमा समस्या आउँछ । यसले गर्दा भोक मांसपेशीलाई नोक्सान पुग्छ । यसले मेरुदण्डमा दबाब पैदा गर्छ । मेरुदण्डमा धेरै असर पर्ने कारण ढाड दुख्ने समस्या आउँछ । 

भिटामिन डीको कमिका कारण पनि ढाड दुख्ने समस्या आउने गर्छ । यसको लागि भिटामिन डीको मात्रा परीक्षण गर्नुपर्छ । 

यस्तो समस्यामा कालो तिल दुई चम्चा खाने गर्नुपर्छ । कालो तिलले शरीरमा क्याल्शियमलाई सोस्ने शक्तिमा सुधार ल्याउँछ । यसले हड्डीहरु स्वस्थ रहन मद्दत पुग्छ ।

यसका साथै, शारीरिक रुपमा सक्रिय रहँदा पनि यसको समस्या कम हुन्छ । सधैँ एउटै पोजिशनमा नबस्ने, हिँडडुल गर्ने जस्ता कार्यले यस्तो समस्याबाट राहत पाउन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप