मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वपञ्चको पार्टीमा फेरि पार्टी विभाजनको त्रास !

राप्रपाको नेतृत्वमा पुरानो पुस्ता कि युवा भन्ने बहस सुरु
मङ्गलबार, १७ चैत २०७७, ०७ : ४८
मङ्गलबार, १७ चैत २०७७



पूर्वपञ्चहरुको बाहुल्य रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । नयाँ नेतृत्वका लागि अध्यक्षत्रय कमल थापा, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणासहित युवा नेतृत्वले समेत आकाँक्षा देखाएका छन् । पटक–पटक टुटफुट र विभाजनको मार खेपेको राप्रपा एकता महाधिवेशनको तयारीमा जुट्दै गर्दा नेतृत्वका लागि रस्साकस्सी सुरु भएको हो ।

राप्रपाले आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा एकताको महाधिवेशन तय गरेको छ । यसका लागि पार्टीले आन्तरिक तयारीलाई तीव्र पारेको छ । यही पृष्ठभूमिमा पुरानो नेतृत्व कि नयाँलाई ल्याउने भन्नेमा पनि पार्टीभित्र बहस सुरु भएको छ ।

एकतालाई जोगाउँदै सहमतिको माध्यममार्फत नेतृत्व चयनमा लाग्नुपर्ने र त्यसमा सबैलाई समेट्न सके पार्टीमा समस्या नआउने उनको भनाइ छ ।  नेतृत्व नयाँ पुस्ताबाट चयन गरिनुपर्ने आवाज सुनिन्छ नि भन्ने प्रश्नमा उनले भने, ‘पार्टीलाई गति दिन सक्ने नेतृत्व चाहिन्छ, त्यो नयाँ पुरानो भन्ने हुँदैन । तर, विगतको गल्ती कमीकमजोरी सच्याउन नेतृत्व तयार हुनुपर्ने छ।’

राप्रपाका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले आफूहरु पार्टीको एकता महाधिवेशनको तयारीमा तीव्रताका साथ जुटिरहेको रातोपाटीलाई जानकारी दिए । ‘पार्टी एकताको भावना र मूल स्पिरिटअनुसार हामी जुटिरहेका छौं’, उनले भने, ‘पार्टीलाई चलायमान बनाउने नेतृत्वको जरुरी छ, त्यसो भन्दैमा एकतालाई बचाइराख्नु पनि अहिलेको आवश्यकता भएकाले सोहीअनुसार हामी लागिपरेका छौं ।’

राप्रपा स्रोतका अनुसार आगामी एकता महाधिवेशनबाट युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोडतोडले आवाज उठिरहेको छ । पुरानो ढंगले पार्टी सञ्चालन हुँदा युवापुस्ताको आकर्षणमा कमी आउनुका साथै जनाधार घट्दै गएकाले पार्टीलाई पुनर्जीवन दिन युवा अघि गर्नुपर्नेमा उनीहरुको जोड छ । त्यसका लागि प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनसहित नेपालगन्ज उप-महानगरपालिकाका मेयर धवल शमशेर राणा, नेताहरु विक्रम पाण्डेलगायतका नेताहरु नेतृत्वका लागि तयार रहेको बताइएको छ ।

उनीहरुबीच त्यही प्रयोजनका लागि आन्तरिक छलफल र रणनीति बनाउन निरन्तर लागिपरेका छन् । लिङदेनले नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ भन्नेमा आवाज उठिरहेपनि आफूहरु छलफलमै रहेको बताए  ।

नेतृत्वको सवालमा पार्टी अध्यक्षहरू कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले स्वाभाविक रुपमा नयाँ नेतृत्वका लागि दावेदारी प्रस्तुत गरे पनि नयाँ पुस्तालाई हस्तान्तरण गर्न सके राम्रो सन्देश जाने ।

पार्टी विभाजनको भय !

एकता र विभाजन  नियति जस्तै बनिरहेको राप्रपामा विगतको इतिहास नदोहोरिने गरी महाधिवेशनबाट निकास खोजिनुपर्ने राप्रपाका नेताहरुको जोड छ । ‘विगतमा राप्रपा पटक–पटक विभाजनको परिणाम हामीले बेहोरेर आइसकेका छन् । अब पनि पहिलेकै जस्तो गल्ती हामीले दोहोर्याउन हुन्न’, लिङदेनले रातोपाटीसँग भने, ‘सबैलाई मिलाएर, सबैलाई सन्तुष्ट बनाएर एकता महाधिवेशन गरिनुपर्छ ।’

कसैलाई पेलेर भन्दा पनि एकताको मर्म र स्प्रिट अनुसार मिलाएर महाधिवेशन गरिनुपर्ने उनको जोड छ । अन्यथा विगतको दुःखद इतिहास दोहोरिन सक्ने भएकाले त्यसतर्फ नेतृत्वपंक्ति र जिम्मेवार नेता कार्यकर्ता गम्भीर बन्नुपर्नेमा उनको जोड छ ।

एकतालाई जोगाउँदै सहमतिको माध्यममार्फत नेतृत्व चयनमा लाग्नुपर्ने र त्यसमा सबैलाई समेट्न सके पार्टीमा समस्या नआउने उनको भनाइ छ ।  नेतृत्व नयाँ पुस्ताबाट चयन गरिनुपर्ने आवाज सुनिन्छ नि भन्ने प्रश्नमा उनले भने, ‘पार्टीलाई गति दिन सक्ने नेतृत्व चाहिन्छ, त्यो नयाँ पुरानो भन्ने हुँदैन । तर, विगतको गल्ती कमीकमजोरी सच्याउन नेतृत्व तयार हुनुपर्ने छ।’

‘पहिले पहुँच र प्रभावका आधारमा नेताहरुले जिल्ला सदरमुकाममै बसेर महाधिवेशन चयन गर्थे, तर यसपटक जुन ठाउँबाट प्रतिनिधि हुने हो, मतदाता नामावलीमा नामसमेत त्यहीँबाट हुने भएकाले टुंगो लगाउन सकस भइरहेको देखिन्छ’, उनले भने, ‘सक्रिय सदस्यकै लफडाले प्रक्रिया अघि बढ्न सकिरहेको छैन ।

विगतमा महाधिवेशन प्रतिनिधिबाट नेतृत्व चयन हुँदै आएकोमा यस पटकदेखि राप्रपाले सक्रिय सदस्यमार्फत नेतृत्व चयन गर्ने निर्णय गरेको छ । जसअनुसार राप्रपाले देशभरिका सक्रिय सदस्यमार्फत ४५ सय हाराहारीका महाधिवेशन प्रतिनिधिबाट नेतृत्व चयन गर्नेछ ।

निर्वाचन आयोगको सूचीअनुसार कुल मतदाता जनसंख्याको तराईमा शून्य दशमलब ५ प्रतिशत, पहाडमा शून्य दशमलब ४ प्रतिशत र हिमालमा शून्य दशमलब ३५ प्रतिशत सक्रिय कार्यकर्ता बनाउनैपर्ने नियम राप्रपाले लागू गरेको छ ।

सक्रिय सदस्यकै सकस !

तर, राप्रपाले चैत १५ भित्र देशभरका सक्रिय सदस्य टुंगो लगाउने भनिएपनि हालसम्म टुंगो लाग्न सकेको छैन । राप्रपाका एक नेताले अहिलेसम्म सक्रिय सदस्यको टुंगो लगाउनका लागि जिल्ला–जिल्लामा छलफल अघि बढेको भए पनि टुंगो लगाउन सकस भइरहेको रातोपाटीलाई बताए ।

‘पहिले पहुँच र प्रभावका आधारमा नेताहरुले जिल्ला सदरमुकाममै बसेर महाधिवेशन चयन गर्थे, तर यसपटक जुन ठाउँबाट प्रतिनिधि हुने हो, मतदाता नामावलीमा नामसमेत त्यहीँबाट हुने भएकाले टुंगो लगाउन सकस भइरहेको देखिन्छ’, उनले भने, ‘सक्रिय सदस्यकै लफडाले प्रक्रिया अघि बढ्न सकिरहेको छैन ।

उनका अनुसार अब फेरि पार्टीको बैठक बसेर म्याद थपेर प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आइलागेको छ । ‘मुख्य टुंगो लगाउने भनेकै सक्रिय सदस्य हो । त्यो नै पूरा नभएकाले अन्य नेतृत्वका विषयमा छलफल त हुने भयो’, उनले भने, ‘अहिलेको ध्यान सक्रिय सदस्यमै टुंगो लगाउने भन्ने हो । त्यसपछि जिल्ला अधिवेशनहरू हुँदै केन्द्रीय महाधिवेशनमा जुटिन्छ ।

उनका अनुसार नेतृत्वको सवालमा पार्टी अध्यक्षहरू कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले स्वाभाविक रुपमा नयाँ नेतृत्वका लागि दावेदारी प्रस्तुत गरे पनि नयाँ पुस्तालाई हस्तान्तरण गर्न सके राम्रो सन्देश जाने बताए ।

‘अहिलेका अध्यक्षहरू कमल थापा ६६ वर्ष हुनुभयो, प्रकाशचन्द्र लोहनी ७६ र राणा ८१ वर्ष भइसक्नुभयो’, उनले भने, ‘उहाँहरुलाई असफल नै भन्न खोजेको होइन तर आम सर्वसाधारणमा आकर्षण जगाउन युवा पुस्तालाई नेतृत्व दिनुपर्छ भन्ने हो ।’

राप्रपा नेता मोहन श्रेष्ठले एकता महाधिवेशन भएकाले सहमतिका साथ अघि बढ्दा सकारात्मक सन्देश जाने बताए ।

‘वैशाखमा हुने राप्रपाको एकता महाधिवेशन हो । स्वाभाविक रुपमा अधिकतम सहमतिबाट नेतृत्व चयन हुनुपर्छ । सहमति हुन सकेन भने प्रजातान्त्रिक विधिमार्फत चयन त हुन्छ नै’, श्रेष्ठले रातोपाटीसँग भने, ‘पार्टीलाई चलायमान कसरी बनाउने भन्ने कुरा अहिलेको मुख्य सवाल हो ।’

यता राप्रपा अध्यक्षमध्येका एक डा लोहनीले आगामी नेतृत्वका लागि के गर्ने भन्नेमा आफूहरु छलफलमै रहेको बताए । यद्यपी युवापुस्ताले नेतृत्वका लागि पहल गरेको बारे आफू जानकार रहेको बताउँदै त्यसमा आफू सकारात्मक रहेकाले छलफलबाट निचोडमा पुगिने बताए ।

तत्कालीन राप्रपा र राप्रपा संयुक्तबीच ०७६ फागुनमा एकता भएको थियो । गणतन्त्रपछि ३० चैत २०७३ बाट राप्रपामा सुरु भएको विभाजनको रेखा २८ फागुन ०७६ मा काठमाडौंको राष्ट्रिय सभागृहमा जोडिन पुगेको थियो । राप्रपा विभाजनको पछिल्लो श्रृखंला अन्तर्गत ३० चैत ०७३ मा कमल थापा नेतृत्वको राप्रपाबाट प्रकाशचन्द्र लोहनी समूह छुट्टियो । करिब त्यसको चार महिनापछि २२ साउन २०७४ मा पुगेर पशुपति शमशेर राणाले थापाको साथ छाडेका थिए ।

राप्रपामा जोडिने र छुट्टिने कुरा नियमित प्रक्रिया जस्तो विगतको घटनाक्रमले देखाउँछ । २०४६ सालको जनआन्दोलन सफल भएपछि २०४७ जेठ १५ गते राप्रपा स्थापना भएको थियो ।  योबीचमा राप्रपा आन्तरिक विवाद र विभाजनमा अलमलिँदा कमजोर अवस्थामा पुगेको राप्रपाकै नेताहरुको स्वीकारोक्ति छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप