शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वाग्मती प्रदेशसभाको संसदीय दलको नेतामा जम्मकट्टेल

सोमबार, १६ चैत २०७७, २३ : ४७
सोमबार, १६ चैत २०७७

हेटौंडा । नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशसभाको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् ।

आज यहाँ सम्पन्न संसदीय दलको बैठकले नेता जम्मकट्टेललाई चयन गरेको वाग्मती प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिए । यस्तै दलको उप नेतामा कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् ।

संसदीय दलको बैठकले प्रदेशसभामा प्रभावकारी रुपमा जनताको पक्षमा भूमिका निर्वाह गर्ने र प्रदेशसभाको भूमिकालाई थप सशक्त बनाउने निर्णय गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप