बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र श्रीलङ्काका निर्माण व्यवसायीबीच सहकार्य हुने

सोमबार, १६ चैत २०७७, २३ : ३७
सोमबार, १६ चैत २०७७

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणा तिलकालाई भेटी नेपाली निर्माण उद्योगको पछिल्लो अवस्था र निर्माण प्रविधिबारे जानकारी गराएको छ । 
 
महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले नेपाली निर्माण  क्षेत्रका ऐन कानुनका सम्बन्धमा पनि राजदूत तिलकालाई जानकारी गरायो । श्रीलङ्काबाट नेपालमा हेभि इक्यिुप्मेन्ट निर्यात भएको खण्डमा दुई देशबीचको आर्थिक सम्बन्ध थप प्रगाढ हुने विषयमा भेटमा छलफल भएको थियो । भेटमा राजदूत तिलकाले नेपाली निर्माण व्यवसायीसँग मिलेर काम गर्न श्रीलङ्काका निर्माण व्यवसायी इच्छुक रहेको जानकारी गराए ।

दुई देशबीचको निर्माण व्यवसायका विविध पक्षबारे जानकारी आदानप्रदान गर्न चाँडै वेभिनार गर्ने समेत राजदूत तिलकाले बताए । प्रतिनिधिमण्डलमा महासङ्घका सल्लाहकार इञ्जिनीयर विरेन्द्रराज पाण्डे, महासचिव रोशन दाहाल, कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी, प्रशासकीय अधिकृत शुभेच्छा सिंह लगायतको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप