बेलायतमा कोरोनाबाट थप २३ को मृत्यु, इङ्ग्ल्याण्डमा लकडाउन खुकुलो

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा २३ जनाको मृत्यु भएको छ । हिजो आइतबार १९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो, जुन गत सेप्टेम्बर २० पछिका आइतबार मध्येकै सबैभन्दा कम भएको बताइएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ६१५ पुगेको छ ।
यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ४ हजार ६५४ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । बेलायतमा कुल संक्रमित संख्या ४३ लाख ३७ हजार ६९६ पुगेको हो । बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि निरन्तर कमी आएको छ ।
शुक्रबारसम्मको तथ्याँकअनुसार भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ६१५ रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ३३४ जना संक्रमित अस्पताल भर्ना भएका थिए । हाल बेलायतका अस्पतालमा उपचार गराइरहेका कोरोनाका बिरामीको संख्या चार हजार ५६० रहेको सरकारी तथ्याँकमा उल्लेख छ ।
बेलायतमा ३ करोड ४१ लाख बढी खोप वितरण
बेलायतमा कोरोना विरुद्धको खोपको पहिलो डोज लिनेको संख्या ३० मिलियन नाघेको छ । यसैगरी हालसम्म तीन करोड ४१ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ । हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ४१ लाख १९ हजार ९५ डोज खोप वितरण भएको छ । बेलायतमा तीन करोड ४ लाख ४४ हजार ८२९ जनाले पहिलो र दोस्रो डोज लिनेको संख्या ३६ लाख ७४ हजार २६६ पुगेको छ ।
इङ्ल्यान्डमा लकडाउनमा थप सहज
इङ्ग्ल्यान्डमा आज सोमबारदेखि लकडाउन केहि खुकुलो बनेको छ । चरणबद्ध रुपमा लकडाउन खोल्दै जाने सरकारको योजनाअन्तर्गत आजदेखि ‘आउटडोर’ रुपमा ६ जना वा दुई परिवारसम्म भेट गर्न पाइने भएको छ ।
त्यस्तै, अबदेखि आउटडोर खेलकुद भेन्यूहरु खुला गरिएको छ भने अर्गनाइज्ड खेलकुद इभेन्टहरु पनि सञ्चालन गर्न पाइनेछ । सोमबारदेखि नै ‘स्टे होम’ को नियम फुकुवा गरिएको छ । आफू बसिरहेको क्षेत्रबाट अर्को क्षेत्रसम्मको यात्रामा यसअघि लगाइएको रोक पनि खुला गरिएको छ । तर जरूरी अवस्थामा बाहेक अन्यत्र यात्रा नगर्न सरकारले आव्हान गरेको छ । लकडाउन खुकुलो हुँदै गर्दा प्रधानमन्त्री बोरिस जोन्सनले भने संयम अपनाउन देशवासीलाई आव्हान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध