शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र रावलको कारवाहीलाई योगेशले भने–कमजोर सत्ताको अन्तिम अस्त्र !

सोमबार, १६ चैत २०७७, २२ : २४
सोमबार, १६ चैत २०७७

काठमाडौं । नेकपा एमालेका यूवा नेता योगेश भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गर्नु कमजोर सत्ताको अन्तिम अस्त्रका रुपमा टिप्पणी गरेका छन् । 

अध्यक्ष ओलीले सोमबार मात्रै नेपाल र रावललाई कारवाही गर्दै पार्टी सदस्यबाट ६ महिना निलम्बन गरेको सार्वजनिक भएपछि नेता भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।  भट्टराईले सोमबार राति सामाजिक सञ्जाल ट्वीटरमा कारवाहीप्रति कटाक्ष गर्दै परिणाम उल्टो हुने निश्चित भएकोले कारबाहीबाट फर्कनु नै कल्याण हुने बताएका छन् ।  ‘कार्वाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !’, भट्टराईले ट्वीट गर्दै भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप