आइसोलेसन व्यवस्थापनका लागि सबै प्रदेशलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशका स्वास्थ्य निकायहरूलाई आइसोलेसन व्यवस्थापनका लागि निर्देशन दिएको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै सबै प्रदेशका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वस्थ्य कार्यालयहरूको समन्वयमा कोरोनाको लक्षण वा चिन्ह भएकालाई अस्पतालमा र लक्षण नभएकालाई आइसोलेसनको व्यवस्था गरी १० दिन अनिवार्य रुपमा राख्न निर्देशन दिएको हो ।
भारतीय सीमा क्षेत्रमा कोरोना पोजिटिभ भएकाहरु सार्वजनिक बसमा नै यात्रा गरिरहेको पाइएको भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
यस्तै मन्त्रालयले आइसोलेसन सेन्टरमा राखे बापतको प्रतिदिन प्रति बिरामी दुई हजार सोधभर्ना उपलब्ध गराउने बताएको छ ।
यस्तै मन्त्रालयले भारतसँग सीमा जोडिएका नाकाहरुमा हेल्थ डेस्कबाट पहिचान भएका केसहरुलाई उपचारका निम्ति १४ वटा अस्पताल तोकेको छ ।
सोमबार सूचना जारी गर्दै सरकारले स्थल र हवाई मार्ग प्रयोग गरी नेपाल भित्रिने व्यक्तिमा कोरोना पुष्टि भएको खण्डमा उपचारका लागि सम्बन्धित सूचीकृत अस्पताललाई निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा