बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तत्काल तुवाँलो हट्ने सम्भावना देखिँदैन : मौसम विज्ञान विभाग

सोमबार, १६ चैत २०७७, १९ : ५८
सोमबार, १६ चैत २०७७

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अझै केही दिन  वायुमण्डल स्थिर अवस्थामा रहिरहने जनाएको छ । सोमवार एक विज्ञप्ति जारी गर्दै विभागले सो कुराको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छः ‘मौसम विश्लेषणका आधारमा आगामी ३ दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकोले तुवाँलोको यस विषम मौसमको अवस्थामा तत्काल सुधार हुने देखिएको छैन, त्यसपछिका दिनमा मौसम थोरै चलायमान हुने देखिएपनि तुवाँलोको अवस्था के हुने हो, सो डढेलोको अवस्थामा निर्भर रहन्छ ।’

विभागले तुवाँलोका कारण स्वास्थ्यमा नकारात्मक असरहरू पर्ने भएकोले आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनु परेमा मास्क लगाउन सबैमा आग्रह गरेको छ । देशका अधिकांश जिल्लाहरुका धेरै ठाउँहरुमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा संचित हुन गई पछिल्लो समयमा असामान्य तुवाँलो देखिएको समेत विभागले जनाएको छ ।

खासगरी राजधानी काठमाडौं लगायतका शहरी क्षेत्रहरुमा पहिले देखिनै प्रदूषणको स्तर सामान्यभन्दा अधिक भएको र तुवाँलोको मात्रा पनि अत्याधिक भएकोले जनजीवन असामान्य भएको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप