पोखरामा एक महिला कोठामै मृत भेटिइन्
सोमबार, १६ चैत २०७७, १८ : ५२

पोखरा । पोखरामा एक महिला आफु बस्दै आएको कोठामा मृत फेला परेकी छन् । तनहुँको भिमाद घर भइ पोखरा ८ सृजना चोकमा कोठा भाडामा लिइ बस्दै आएकी शान्ति माया राना आइतबार राति साढे दश बजे मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
अन्दाजी ६५/७० वर्षीय राना केही दिनदेखि कोठा बाहिर ननिस्केका कारण झ्यालबाट भित्र चिहाउँदा चुक्कुल लगाइ कोठाभित्र मृत अवस्थामा शव देखिएको थियो । त्यही घरमा सँगै वस्नेले उनको अवस्थाका बारेमा प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत