शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा एक महिला कोठामै मृत भेटिइन्

सोमबार, १६ चैत २०७७, १८ : ५२
सोमबार, १६ चैत २०७७

पोखरा । पोखरामा एक महिला आफु बस्दै आएको कोठामा मृत फेला परेकी छन् । तनहुँको भिमाद घर भइ पोखरा ८ सृजना चोकमा कोठा भाडामा लिइ बस्दै आएकी शान्ति माया राना आइतबार राति साढे दश बजे मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

अन्दाजी ६५/७० वर्षीय राना केही दिनदेखि कोठा बाहिर ननिस्केका कारण झ्यालबाट भित्र चिहाउँदा चुक्कुल लगाइ कोठाभित्र मृत अवस्थामा शव देखिएको थियो । त्यही घरमा सँगै वस्नेले उनको अवस्थाका बारेमा प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।  घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप