तिहारको स्वागत : मखमली फूलको माला बनाउने चटारो (फोटो फिचर)
भक्तपुर । यो वर्ष तिहार पर्व केही समय अगाडी परेकाले भक्तपुरका मखमली फूलको व्यवासायीक खेति गर्ने किसानलाई माला बनाउने चटारो परेको छ ।
एकातिर खेतमा पाकेको धान भित्र्याउने समय समेत भएकाले तिहारको भाईटिकाको दिन लगाउने मखमली फूलको माला बनाउन व्यस्तता बढेको हो ।
भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका धेरै किसानहरुले एक रोपनीदेखि पाँच रोपनीसम्म जग्गा मखमली, सयपत्री लगायतका फूलहरु लगाएका छन् ।
जग्गा भाडामा लिएर समेत केहि किसानहरुदले फूल खेती गर्ने गरेका छन् ।
यो आधा रोपनी जग्गामा मखमली फूलको दुई हजार बराबर माला तयार भएको किसानहरुले बताएका छन् ।
यो वर्ष घरबाट नै व्यापारीहरुलाई प्रति माला २० देखि २५ मखमली फूलको माला खरिद गरेर लाने गरेको समेत उनीहरुले बताए ।
तिहारको समयमा मखमली फूलको एउटा मालाको मुल्य बिस देखि चालिस सम्म र सयपत्री फूलको माला अनुसारको दुइ सयसम्म पर्ने गरेको छ ।
भक्तपुरको जिल्लामा चाँगुनारायण नगरपालिको ६ र ९ तथा सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७ मा व्यवसायीक मखमली फूलको खेती हुदैं आएको छ ।
तिहारको समयमा बजारमा सयपत्री र मखमली फूलहरुको माग बढ्ने भएकाले सम्बन्धीत निकायले यसरी व्यवसायीक फूलखेती गरेका किसानहरुलाई प्राविधिक ज्ञान, सिप र तालिमको व्यवस्था गर्ने हो भने नेपाल फूलमा आत्मनिर्भर हुने देखिन्छ ।
मानिसको दैनिक जीवनमा जन्मदेखि मृत्यूसम्म आवश्यक फूल करोडौँ मूल्य बराबरको फूल बिदेशबाट आयात हुने गरेको छ ।
भक्तपुरमा किसानले वार्षीक दुई करोडभन्दा बढीको फूलको बिक्रि गर्दै आइरहेका छन् ।