माधव र रावल नसच्चिए थप कारवाही गर्ने ओलीको चेतावनी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिना निलम्बन गरेपछि सच्चिने अन्तिम मौका भएको बताएका छन् । सोमबार अध्यक्ष नेता नेपाल र रावलमाथि कारवाही गर्दै अध्यक्ष ओलीले चेतावानी दिएका हुन् ।
नेपाल र रावललाई कारवाही गरेको पत्रमा ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो, आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीको पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारर्वाही गर्न सकिने ब्यहोरा समेत जानकारी गराउँछु’ भनिएको छ । नेपाल र रावललाई कारवाही गरिएको पत्रमा पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सदभावलाई क्षतविक्षत पार्ने गरी गुट भेला गर्ने गरेको दाबी गरिएको छ । त्यस्तै स्पष्टीकरणमा सोधिएअनुसार त्रुटी स्वीकार नगरिएको, आत्मआलोचना गर्ने प्रवृत्ति नदेखाएको उल्टै स्पष्टीकरण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको उल्लेख छ ।
त्यस्तै कार्वाहीमा पार्टीकै लागि एकताका लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्धेश्य तथा मनसायको निम्ति दुरुपयोग गर्ने सम्भवना देखिएकोले कारवाही गरिएको उल्लेख छ । दुबै नेतालाई पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ ख बमोजिम कारवाही गरिएको उल्लेख छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण