आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माधव र रावल नसच्चिए थप कारवाही गर्ने ओलीको चेतावनी

सोमबार, १६ चैत २०७७, १७ : ५४
सोमबार, १६ चैत २०७७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिना निलम्बन गरेपछि सच्चिने अन्तिम मौका भएको बताएका छन् ।  सोमबार अध्यक्ष नेता नेपाल र रावलमाथि कारवाही गर्दै अध्यक्ष ओलीले चेतावानी दिएका हुन् ।

नेपाल र रावललाई कारवाही गरेको पत्रमा ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो, आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीको पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारर्वाही गर्न सकिने ब्यहोरा समेत जानकारी गराउँछु’ भनिएको छ । नेपाल र रावललाई कारवाही गरिएको पत्रमा पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सदभावलाई क्षतविक्षत पार्ने गरी गुट भेला गर्ने गरेको दाबी गरिएको छ । त्यस्तै स्पष्टीकरणमा सोधिएअनुसार त्रुटी स्वीकार नगरिएको, आत्मआलोचना गर्ने प्रवृत्ति नदेखाएको उल्टै स्पष्टीकरण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको उल्लेख छ ।

त्यस्तै कार्वाहीमा पार्टीकै लागि एकताका लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्धेश्य तथा मनसायको निम्ति दुरुपयोग गर्ने सम्भवना देखिएकोले कारवाही गरिएको उल्लेख छ । दुबै नेतालाई पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ ख बमोजिम कारवाही गरिएको उल्लेख छ । 

यो पनि...

 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप