कोटेश्वरमा प्रचण्ड-माधवबीच २ घण्टा भेटवार्ता
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र नेता नेपालबीच सोमबार दिउँसो करिव २ घण्टा कोटेश्वरस्थित एक घरमा भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दुवै नेता निकट श्रोतहरुले बताएका छन् ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र संसद बैठक स्थगित गर्ने चर्चा भइरहेका बेला नेताद्धयबीच भेटवार्ता भएको हो । अध्यक्ष प्रचण्डले शनिबार काठमाडौमा भएको एक कार्यक्रममा केही दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि एमाले नेता नेपाल पक्ष र प्रचण्ड पक्षले त्यसविरुद्ध आन्दोलन गरेका थिए । सर्वोच्चको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापना भएपनि सरकारले बिजनेस नदिँदा कामविहिन हुदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी