किन रोकियो नेकपाको पुनरावलोकन ?
काठमाडौं । नेकपा विवादमा सर्वोच्चको फैसलाप्रति चित्त नबुझाएको माओवादी केन्द्रले फैसला पुनरावलोकनका लागि फागुन अन्तिममै सर्वोच्च जाने निर्णय गरेको थियो । फागुन २३ गते सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई खारेज गरेपछि माओवादी केन्द्र उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै पुनरावलोकनमा जाने निर्णय गरेको थियो ।
फैसला लगत्तै बसेको स्थायी समिति र केन्द्रीय समिति बैठकमार्फत निर्णय नै गरेर पुनरावलोकनमा जाने बताएको सो पार्टी फैसला आएको तीन साता बित्दा समेत जान सकेको छैन । माओवादी केन्द्रले गत मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विभिन्न कानुन व्यवसायीसँग समेत छलफल गरेको थियो । सो क्रममा कानुन व्यवसायीहरुले पुनरावलोकनमा जान सुझाव दिएका थिए ।
त्यसलगत्तै माओवादी केन्द्रले कानुन व्यवसायीहरु शम्भु थापा, रामनारायण बिडारी, दीनमणि पोखरेल, चण्डेश्वर श्रेष्ठ लगायतका कानुन व्यवसायीहरुलाई आवश्यक कागजपत्र तयार गर्न जिम्मेवारी दिएको थियो । ‘हामीले हाम्रो तर्फबाट आवश्यक कागजपत्र तयार गरेर पार्टीलाई बुझाइसकेका छौ । अब बाँकी निर्णय नेताहरुले नै गर्नुहोला’, राष्ट्रियसभा सदस्य समेत रहेका कानुन व्यवसायी विडारीले रातोपाटीसँग भने, ‘नेताहरु छलफल गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । सायद मंगलबारसम्म पुनरावलोकनका लागि जानुहुन्छ होला ।’
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पुनरावलोकनमा जाने निर्णय यथावत रहेको भन्दै आवश्यक तयारी गनुपर्दा समय लागेको प्रतिक्रिया दिए । ‘सम्भव त मंगलबार हुनसक्छ’ प्रवक्ता श्रेष्ठले रातोपाटीलाई बताए ।
फैसलाप्रति चित्त नबुझे ६० दिनभित्र पुनरावलोकनमा जानसक्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता