शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङ घटनाको छानविन गर्न काँग्रेस संसदीय दलको माग

सोमबार, १६ चैत २०७७, १५ : २०
सोमबार, १६ चैत २०७७

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले बागलुङ  घटनाको घोर भर्त्सना गरेको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए । विज्ञप्तिमा भनिएको छ, ‘चैत्र १५ गते आइतवार फागु पूर्णिमाका दिन बागलुङ र प्यूठान जिल्लाको सिमानामा पर्ने बडागाउँ गापा वडा नं. १० बल्देधुरीमा घटेको हिंसात्मक घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

खाणले काँग्रेस जिल्ला कार्यसमितिका सदस्य प्रकाश कुँवर र कार्यकर्ता दिपक परियारलाई साङ्घातिक हमला गरी हत्या र अन्य केही व्यक्तिहरुलाई घाइते बनाइएको बताए । अपराधिक मानसिकताका साथ जघन्य अपराध गर्ने जो कोहीले उन्मुक्त नपाओस् काँग्रेसको ठहर रहेको उनले बताए ।

‘अपराधिक मानसिकताका साथ जघन्य अपराध गर्ने जो कोहीले उन्मुक्त नपाओस् भन्ने हाम्रो ठहर छ । तसर्थ, उक्त घटनाको छानविन गरी हत्यामा संलग्न व्यक्तिलाई अविलम्ब पक्राउ गरी कानूनी कारवाही गर्न नेपाली काँग्रेस संसदीय दल सरकार समक्ष जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ । खाणले घटनामा परी घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको उचित स्वास्थ्य उपचारका लागि सरकार समक्ष माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप