जम्मू–कश्मीरमा चरमपन्थी हमलाः एक पार्षदसहित दुई जनाको मृत्यु
जम्मू–कश्मीरको बारामूला जिल्लाको सोपोर क्षेत्रमा चरमपन्थीहरुले नगर परिषद्को कार्यालयमा गोलीबारी गरेका छन् । आक्रमण भएको बेला कार्यालयमा पार्षदहरूको बैठक चलिरहेको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार हमलामा पार्षद रियाज अहमदको मृत्यु भएको छ भने अर्का पार्षद शम्सुद्दीन घाइते भएका छन् । त्यस्तै, हमलामा शफाकत अहमद नाम गरेका एक प्रहरी पनि घाइते भएका थिए । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सुरक्षाकर्मीले चरमपन्थीहरुको खोजीमा सो क्षेत्रलाई घेराबन्दी गरेर सर्च अपरेशन सुरु गरेका छन् ।
जम्मू–कश्मीरमा पछिल्लो २४ घण्टामा भएको यो दोस्रो चरमपन्थी हमला हो । आइतबार अनन्तनागमा चरमपन्थीहरुले सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) को बंकरमा ग्रिनेड हमला गरेका थिए । उक्त ग्रिनेड सडकमा पुगेर पड्एिको थियो । घटनामा दुईजनाले ज्यान गुमाएका थिए ।
स्रोतः दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
आइसिटी अवार्डको लागि स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधामा सेमिफाइनलिस्ट सार्वजनिक
-
काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन
-
दसैँमा मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा बिक्री
-
नेपाली र अमेरिकी समलिङ्गी पुरुषबिच पहिलो पटक विवाह दर्ता
-
जम्मू कश्मीर चुनावको नतिजा : नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत